back

घिमिरेहरुको कुल देवता मन्दिरमा मूर्ति स्थापना

वि.सं.२०७९ असार ८ बुधवार

4.2K 

shares

चितवन । देवघाटधाम तनहुँमा घिमिरेहरुको कुल देवता मन्दिरमा मूर्ति स्थापना गरिएको छ ।

सबै घिमिरेहरुलाई कुल देवताको पूजा गर्न मिल्ने अभिप्रायले स्थापना गरिएको उक्त कुल मन्दिरमा धार्मिक तथा वैदिक बिधी( बिधान, परम्परा अनुसार घिमिरे कुल देवता मन्दिरमा मूर्ति स्थापना गरि उद्घाटनको साथै जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरिएको हो ।

तनहुँको देवघाटधाममा प्रथम महिला भागवत वाचिक तथा प्राणनाथ अनाथ सेवा आश्रमकी संरक्षिका सुश्री तारा घिमिरेले उपलब्ध गराएको भएको जग्गामा घिमिरे वंश अनुसन्धान तथा कल्याण प्रतिष्ठान, चितवनको अगुवाई र तत्परतामा २०७६ माघदेखि शुरुआत गरि निर्माण गरिएको घिमिरे कुल देवताको मन्दिरमा २०७९ जेठ ३० गते पूर्वाङ्ग गरि जेठ ३१ गते मष्ट गैंडु पूर्णिमाको दिन धार्मिक तथा वैदिक बिधी-बिधान, परम्परा अनुसार घिमिरे कुल देवता मन्दिरमा मूर्ति स्थापना गरि उद्घाटनको साथै जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

नव निर्मित कुलदेवता मन्दिरको समुद्घाटन प्रमुख अतिथि टेकनाथ घिमिरे, विशिष्ट अतिथि भागवत वाचिका विदुषी सुश्री तारा घिमिरे र प्रतिष्ठानका अध्यक्ष बलभद्र घिमिरेबाट संयुक्त रूपमा सम्पन्न गरिएको थियो ।

सो प्रतिष्ठानका अध्यक्ष बलभद्र घिमिरेको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा ९३ बर्षिय गैंडाकोट निवासी जेष्ठ नागरिक टेकनाथ घिमिरेको प्रमुख आतिथ्यता, प्रथम महिला भागवत वाचिक तथा प्राणनाथ अनाथ सेवा आश्रमकी संरक्षिका एवं सो जग्गादाता सुश्री तारा घिमिरेको विशिष्ट आतिथ्यता रहेको थियो । बिभिन्न स्थानबाट उपस्थित बन्धुहरुको वीचमा ८० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई सभापति र बिशिष्ट अतिथीबाट टीका लगाई खादा ओढाएर सम्मान गरिएको थियो । साथै राष्ट्रियस्तरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका साथै घिमिरे प्रतिष्ठानमा विभिन्न किसिमले योगदान पु¥याउनेहरुलाई समेत सम्मान गरिएको हो ।

कार्यक्रममा पूर्व माननीय संविधान सभा सांसद रामकृष्ण घिमिरे, पूर्व सचिव एवं घिमिरे वंश राष्ट्र्यि प्रतिष्ठानका सहयोगी सल्लाहकार लक्ष्मीशरण घिमिरे, प्रा.डा सूर्यकान्त घिमिरे, घिमिरे बन्धु राष्ट्रीय प्रतिष्ठानका सचिव अजय घिमिरे, जापानमा कर्मथलो गरेर विगत सत्र बर्ष देखि रहेका गैह्र नेपाली आवासीय संगठन जापानका पूर्व सचिव युवा उद्यमी विष्णु प्रसाद घिमिरे लगायत तीन सय पचास भन्दा बढी बन्धु बुबा आमाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरुले सो मन्दिरको महत्व र भविष्यमा सो मन्दिरसँगै थप जग्गाको व्यवस्था गर्न सबैले प्रयास गर्नुपर्ने बारेमा प्रकाश पारेका थिए ।

साथै सोही अवसरमा सो मन्दिरको लागि कुल देवताको मूर्तिसहित अन्य मूर्तिहरु सहयोग गरेका पिता तारानाथ र माता जगतमाया घिमिरेको छोरा जिता लम्जुङ्ग जन्मिएका सोमनाथ घिमिरे तथा बुहारी भगवती घिमिरेलाई पनि सम्मान गरिएको थियो ।

यस वैदिक कार्यक्रममा महेश संस्कृत विद्यालय देवघाट बाट आएका आचार्य गुरुहरूबाट मन्दिरको वास्तु पूजन , इष्टदेव शिव , इष्ट देवता श्वेत मष्ट वराह र कुलदेवी योगमायाको प्रतिमालाई वैदिक विधि द्वारा स्थापना गरिनुको साथै रुद्री, लाखबात्ती प्रज्ज्वलन, होमादि कर्म लगायत अनुष्ठान सम्पन्न गरिएको थियो ।

सो कार्यक्रमका उद्घोषक एवं मन्दिर निर्माणको क्रममा प्राविधिक रुपले पूर्ण रुपमा सहयोग गरेका भएका इन्जिनियर होमनाथ घिमिरेले सो मन्दिर निर्माण अवधिमा भए गरेका बिषयमा प्रकाश पारेका थिए ।

कोषाध्यक्ष रामचन्द्र घिमिरेले मन्दिरसँग जोडिएको जग्गा थप गर्नको लागि सहयोग गर्न गराउनको लागि सबैले आ(आफ्नो क्षेत्रमा जानकारी गराउनु पर्ने बताउँदै हालसम्म रु ३६ लाख खर्च भई निर्माण भएको मन्दिर र सत्तलको खर्चको आयव्ययको विवरण पेश गरेका थिए । मन्दिर परिसरमा सबै चन्दादाता र प्राप्त रकमको विवरण सबैले देख्ने गरि झुण्ड्याइएको थियो ।

अब सो प्रतिष्ठानले अहिलेसम्मको गतिबिधी र क्रियाकलापहरु समेटेर निकट भविष्यमा स्मारिका प्रकाशन गर्ने योजना रहेकोले यस प्रतिष्ठानको बारेमा भए गरेका, देखेसुनेका, भोगेका आदि सम्बन्धित बिषयहरुमा लेख, रचनाहरु उपलब्ध गराई यस प्रतिष्ठानमा उपलब्ध गराउन र सो प्रकाशनको लागि बिज्ञापन आदिको समेत व्यवस्था गर्न गराउन प्रतिष्ठानका सचिव बिष्णुहरि घिमिरेले जानकारी गराएका थिए ।

कार्यक्रमको समापन गर्दै प्रतिष्ठानका अध्यक्ष बलभद्र घिमिरेले सो मन्दिरमा हरेक वर्ष श्रीपञ्चमीको तिथिमा कुलायन पूजा गरिने जानकारी पनि त्यस अवसरमा गराउदै, कोरोनाको विषम परिस्थितिमा पनि मन्दिर निर्माणमा सहयोग पुर्याउनु हुने सम्पूर्ण घिमिरे बन्धुहरू, राष्ट्रीय घिमिरे बन्धु प्रतिष्ठान काठमाण्डौका सचिव अजय घिमिरे लगायत सबै सहयोगी घिमिरे बन्धु बान्धवहरु एवं अन्य सहयोगी महानुभावहरूमा धन्यवाद ज्ञापन गरेका थिए ।

वि.सं.२०७९ असार ८ बुधवार १६:५३ मा प्रकाशित

Himalayan Life AD
आज काठमाडौंका यी स्थानमा लाइन जाने

आज काठमाडौंका यी स्थानमा लाइन जाने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विजुली कटौती हुने भएको...

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुन तथा...

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

काठमाडाैँ ।  ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

काठमाडाैँ । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा...

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा विभिन्न...

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

काठमाडौं । हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा बुधबार...