back

महानगरपालिकाले डुबान रोक्न हरसम्भव कार्य गर्ने

वि.सं.२०७९ असार ८ बुधवार

642 

shares

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरको विकासमा सबै क्षेत्रको सहयोगको अपेक्षा गरेका छन् । आगामी आर्थिक वर्षका लागि बनाउने नगरको वार्षिक बजेटबारे सञ्चारकर्मीसँग आज भएको छलफलमा उनलले विराटनगरमा हुने डुबानलाई रोक्न हरसम्भव कार्य गर्ने भने ।

विराटनगरको पश्चिम क्षेत्रमा रहेको केशल्या नदी र पूर्व क्षेत्रमा रहेको सिङ्घीया नदीका कारण नगर क्षेत्र डुबानमा पर्ने गरेको भन्दै नदी नियन्त्रण र बस्ती विकासको काम गर्ने उनको भनाइ थियो । उनले नगर क्षेत्रमा रहेका सञ्चार क्षेत्रको पूर्वाधार, क्षमता र विकासमा सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरे ।

उपप्रमुख शिल्पा निराला कार्कीले नगरको विकास गर्ने तहमा पुगेका जनप्रतिनिधिले जनताको भावना र चाहनाअनुसार काम गर्ने जनाए । राष्ट्रिय समाचार समिति सञ्चालक समितिका सदस्य शङ्कर खरेलले विराटनगरमा हेर्न लायकको ठाउँ निर्माण र पाँच वर्ष अवधि पूरा गरी बाहिरे समयमा ठोस काम गरेको जनतालाई देखाउने हिसाबले काम गर्न सुझाव दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका सभापति लीलाबल्लभ घिमिरे, महासचिव विवेक गौतम, महासङ्घकै पूर्वअध्यक्ष विक्रम लुइँटेल, उद्घोष दैनिकका प्रधानसम्पादक मोहन भण्डारी, संसदीय पत्रकार मञ्चका संयोजक गणेश लम्साल, पत्रकार विजयी खतिवडा, बेदराज पौडेल, कौशल निरौला, कुमार लुइँटेल रोहित, मुकेश यादव, श्यामसुन्दर सुतियार र नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका सभापति सञ्जीव भण्डारी लगायतले आगामी बजेटका निम्ति सुझाव दिएका थिए ।

वि.सं.२०७९ असार ८ बुधवार १६:३७ मा प्रकाशित

Himalayan Life AD
आज काठमाडौंका यी स्थानमा लाइन जाने

आज काठमाडौंका यी स्थानमा लाइन जाने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विजुली कटौती हुने भएको...

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुन तथा...

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

काठमाडाैँ ।  ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

काठमाडाैँ । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा...

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा विभिन्न...

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

काठमाडौं । हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा बुधबार...