back

पोखरा उपमहानगरको नीति तथा कार्यक्रम : ‘कृषि उत्पादनमा वृद्दि महानगरको समृद्धि’

वि.सं.२०७९ असार ८ बुधवार

804 

shares

पोखरा । पोखरा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

उपमहानगरपालिकाका मेयर धनराज आचार्यले २१ औं नगरसभामा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रममा पहिलो प्राथमिकता कृषिलाई दिइएको छ ।

कृषिबाटै उपमहानगरको समृद्दि हुने ठहर गरेका मेयर आर्चायले नीति तथा कार्यक्रमको नारा नै कृषि उत्पानमा वृद्दि महानगरको समृद्दि’ भन्ने राखेका छन् ।

उक्त नीति तथा कार्यक्रममा कृषि क्षेत्रको आधुनिकीकरण गर्दै उत्पादन तथा उत्पादकत्व वृद्दि गर्ने, समग्र पोखराको आयात परिणामको अध्ययन गरी ५ वर्षभित्र कम्तिमा दूध, फलफूल, तरकारी, माछा मासुको आयात प्रतिस्थापनमा जोड दिइने, सरकार, प्रदेश सरकार र निजी क्षेत्र समेतको सहकार्यमा कृषि उपजको संरक्षण, सम्वर्धन र व्यवसायीकरण गरिने तथा सामुहिक र सहकारी खेती प्रणालीको प्रवद्र्धन र प्रोत्साहन गर्न भण्डारण स्थल एवं कोल्डस्टोर निर्माण कार्य क्रमश सुरु गर्ने लगायतका कार्यक्रमहरुलाई प्राथमिकता दिइएको छ ।

त्यसैगरी पशुपंक्षीको क्षेत्रमा ‘पशु उत्पादनमा वृद्धि : आर्थिक उपार्जनसहितको समृद्दि’ नारा राखिएको छ । जसमा पशु उत्पादनबाटै समद्दि हासिल गर्नका लागि पशुपंन्छीपालन व्यवसाय प्रवद्र्धन र सम्वद्र्धनका लागि पशु नश्ल सुधार, आहार व्यवस्थापन, उत्पादनका आधारमा अनुदान, पशु स्वास्थ्य र पशु हाट बजार संचालन गरिने कार्यक्रम रहेको छ ।

त्यस्तै पशुपंक्षी उत्पादनका लाथि नीजि क्षेत्रसँग साझेदारी र सहकार्यमा पशु बधशाला, स्वच्छ मासु पसल लगायतका व्यवस्थित पूर्वाधार निर्माण कार्य अगाडि बढाइ गुणस्तरियता र उद्यमशीलता विकास गरिने कार्यक्रम रहेको छ ।

त्यसैगरी कृषकहरुको पहुँच र पहिचान : व्यवसायिक कृषकहरुको संरक्षण र सम्मान ’केन्द्रीत कार्यक्रम सन्चालन गरिने र कृषक वर्गिकरण गरी परिचयपत्र उपलब्ध गराइने तथा सोका आधारमा न्यूनतम अनुदान ग्यारेन्टी गरिने कार्यक्रम रहेको छ ।

यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ

वि.सं.२०७९ असार ८ बुधवार १६:४० मा प्रकाशित

Himalayan Life AD
आज काठमाडौंका यी स्थानमा लाइन जाने

आज काठमाडौंका यी स्थानमा लाइन जाने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विजुली कटौती हुने भएको...

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुन तथा...

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

काठमाडाैँ ।  ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

काठमाडाैँ । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा...

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा विभिन्न...

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

काठमाडौं । हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा बुधबार...