Logo
३१ श्रावण २०७९, मंगलवार
     Tue Aug 16 2022
E-paper
  English Edition
   Unicode
Logo

यूक्रेनी सेनालाई सेभेरोडोनेत्स्कबाट फिर्ता हुन आदेश



किएभ । यूक्रेनी सेना सेभेरोडोनेत्स्कबाट फिर्ता हुने भएको छ । यूक्रेनी सेनालाई पूर्वी लुगान्स्क क्षेत्रको यूक्रेन नियन्त्रित क्षेत्रको प्रशासनिक केन्द्र सेभेरोडोनेत्स्कबाट फिर्ता हुन आदेश दिइएको क्षेत्रीय गभर्नरले बताएका छन् ।

यूक्रेनको सशस्त्र बल र नेशनल गार्डका सिपाहीलाई आफ्नो पकड बलियो भएको सुदृढ स्थानमा फर्किन र ती स्थानबाट सैनिक कारबाही सञ्चालन गर्न आदेश दिइएको लुगान्स्क क्षेत्रीय सैन्य प्रशासनका प्रमुख सेर्ही हाइडाइले जनाएका छन् ।

सेभेरोडोनेत्स्कका करिब ९० प्रतिशत भवनहरू सैन्य कारबाहीमा क्षतिग्रस्त भएका पनि उनले बताएका छन् । गत सोमबार यूक्रेनी उपरक्षा मन्त्री हन्ना मल्यारले रूसी सेनाले पर्सी आइतबार सम्ममा लुहान्स्क कब्जा गर्ने लक्ष्य राखेको बताएकी थिइन् ।

रूसी आक्रमणले पूर्वी डोनबास क्षेत्रका शहरको प्रतिरक्षामा जुटेकाहरूलाई कमजोर बनायो भने लुहान्स्क प्रान्तको करिब ९५ प्रतिशत र छिमेकी डोनेस्क प्रान्तको करिब आधा भागमा रूसी सेनाले कब्जा जमाएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले यूक्रेनमाथि पाँच महिनाअघि आजकै दिन शुरू गरेको ‘विशेष सैन्य कारबाही’ले दुवै देशका नागरिक नराम्ररी प्रभावित भएका छन् । युद्धको प्रभाव क्रमशः विश्व अर्थतन्त्रमा पर्दै गएको छ ।

यूरोपेली देशहरूमा ग्यास आपूर्ति अवरुद्ध भएको छ भने खाद्यान्नलगायत सामग्री आपूर्तिमा पनि अवरोध भएको छ ।एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागु गर्ने निर्णय गरेको छ । साउन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उतार–चढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँगै मिलेर चुनाव लड्ने निर्णय गरेसँगै नेपाल समाजवादी पार्टीका नेता