Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

विकासलाई अन्तर्राष्ट्रिय एजेण्डाको केन्द्रमा राखिनुपर्ने : चिनियाँ राष्ट्रपति



 

बेइजिङ ।  चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार विश्वव्यापी विकाससम्बन्धी उच्चस्तरीय संवादमा अन्तर्राष्ट्रिय एजेण्डाको केन्द्रमा विकासलाई राख्नुपर्नेमा जोड दिएका छन् ।

संयुक्त राष्ट्रसंघको दिगो विकासका लागि २०३० को एजेण्डालाई कार्यान्वयन गर्न विकासलाई सबै जनताले महत्व दिने विश्वका सबै मुलुकले राजनीतिक सहमति निर्माण गरेर अघि बढ्नुपर्ने उनले बताए ।

कोभिड–१९ महामारीले विगत धेरै वर्षमा विश्वव्यापी विकासको चरणलाई कमजोर बनाएको छ र संयुक्त राष्ट्रसंघको २०३० का लागि दीर्घकालिन विकासको एजेण्डालाई कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो । उत्तर–दक्षिणको अन्तर बढ्दै गएको र विश्वले खाद्य तथा ऊर्जा सुरक्षा संकटको सामना गरिरहेको भन्दै चीनका राष्ट्रपति सीले विकासलाई केही देशहरूले राजनीतिकरण र सीमान्तीकरण गरिरहेको बताए ।

विश्व समुदायले शान्ति, विकास र सहकार्यका लागि अझ बलियो आकांक्षाहरू राखेको र उदीयमान बजार र विकासशील देशहरूले एकतावद्ध रहने र आत्मबल खोज्ने संकल्पलाई बलियो बनाउँदै जानुपर्नेेमा उनले जोड दिए ।सिन्ह्वा


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब