back
CTIZAN AD

रूस–यूक्रेन युद्ध पोल्याण्ड पुग्ने यूक्रेनी सङ्ख्यामा पुनः वृद्धि

वि.सं.२०७९ असार ११ शनिवार

756 

shares

वार्सा ।  पोल्याण्ड छिर्ने यूक्रेनीहरूको सङ्ख्या फेरि बढ्न थालेको पोल्याण्डको तथ्याङ्कले शुक्रबार देखाएको छ ।

पोल्याण्डका सिमा अधिकारीका अनुसार गत एक महिना लामो प्रवृत्ति उल्टिन थालेको छ । यो अवििधमा पोल्याण्ड पुग्ने यूक्रेनी नागरिकको सङ्ख्या फर्किनेकोभन्दा पुनः बढी देखिन थालेको उनीहरूले बताए । पोलिस सीमा अधिकारीहरूका अनुसार दुई दिनदेखि औसतमा तीन हजारभन्दा बढी यूक्रेनीहरू पोल्याण्डमा प्रवेश गरेका छन् ।

तथ्याङ्क अनुसार बिहीबार यूक्रेनबाट करिब २८ हजार यूक्रेनी पोल्याण्ड प्रवेश गरेका थिए भने २४ हजार पोल्याण्डबाट यूक्रेन गएका थिए । बुधबार यूक्रेन फर्किने सङ्ख्या २६ हजार ३०० रहेको थियो भने पोल्याण्ड जाने सङ्ख्या २३ हजार ५०० रहेको थियो ।

फेब्रुअरी २४ मा रूसले यूक्रेनमा आक्रमण गरेपछि अत्यधिक यूक्रेनीहरू यूरोपेली संघ (ईयू) सदस्य राष्ट्र पोल्याण्डमा बिस्थापित भएका थिए । सीमा सुरक्षा बलका प्रवक्ता अन्ना मिकाल्स्काले भने, “फेब्रुअरीमा रूस–यूक्रेनबीचको पछिल्लो युद्धका कारण विगतमा प्रति दिन एक लाख ४० हजारसम्म यूक्रेनी पोल्याण्ड प्रवेश गरेका थिए ।”

युद्ध चलिरहँदा मे महिनाको मध्यसम्ममा धेरै यूक्रेनीहरू आगमनभन्दा पोल्याण्डतिर जाने क्रम बढी थियो तर पछिल्लो एक महिनामा यो प्रवाहमा सुस्तता देखिएको थियो ।एएफपी

वि.सं.२०७९ असार ११ शनिवार ०५:४४ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...