back

रूस–यूक्रेन युद्ध पोल्याण्ड पुग्ने यूक्रेनी सङ्ख्यामा पुनः वृद्धि

वि.सं.२०७९ असार ११ शनिवार

201 

shares
NTC AD
Global IME AD

वार्सा ।  पोल्याण्ड छिर्ने यूक्रेनीहरूको सङ्ख्या फेरि बढ्न थालेको पोल्याण्डको तथ्याङ्कले शुक्रबार देखाएको छ ।

पोल्याण्डका सिमा अधिकारीका अनुसार गत एक महिना लामो प्रवृत्ति उल्टिन थालेको छ । यो अवििधमा पोल्याण्ड पुग्ने यूक्रेनी नागरिकको सङ्ख्या फर्किनेकोभन्दा पुनः बढी देखिन थालेको उनीहरूले बताए । पोलिस सीमा अधिकारीहरूका अनुसार दुई दिनदेखि औसतमा तीन हजारभन्दा बढी यूक्रेनीहरू पोल्याण्डमा प्रवेश गरेका छन् ।

तथ्याङ्क अनुसार बिहीबार यूक्रेनबाट करिब २८ हजार यूक्रेनी पोल्याण्ड प्रवेश गरेका थिए भने २४ हजार पोल्याण्डबाट यूक्रेन गएका थिए । बुधबार यूक्रेन फर्किने सङ्ख्या २६ हजार ३०० रहेको थियो भने पोल्याण्ड जाने सङ्ख्या २३ हजार ५०० रहेको थियो ।

फेब्रुअरी २४ मा रूसले यूक्रेनमा आक्रमण गरेपछि अत्यधिक यूक्रेनीहरू यूरोपेली संघ (ईयू) सदस्य राष्ट्र पोल्याण्डमा बिस्थापित भएका थिए । सीमा सुरक्षा बलका प्रवक्ता अन्ना मिकाल्स्काले भने, “फेब्रुअरीमा रूस–यूक्रेनबीचको पछिल्लो युद्धका कारण विगतमा प्रति दिन एक लाख ४० हजारसम्म यूक्रेनी पोल्याण्ड प्रवेश गरेका थिए ।”

युद्ध चलिरहँदा मे महिनाको मध्यसम्ममा धेरै यूक्रेनीहरू आगमनभन्दा पोल्याण्डतिर जाने क्रम बढी थियो तर पछिल्लो एक महिनामा यो प्रवाहमा सुस्तता देखिएको थियो ।एएफपी

वि.सं.२०७९ असार ११ शनिवार ०५:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

टोकियो । जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’...

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

  वासिङ्टन । अमेरिकाको मेरिल्याण्ड सहरको बाल्टिमोरमा जहाजको ठक्करपछि पुल...

चिनियाँ प्रधानमन्त्रीद्वारा आइएमएफसँग घनिष्ठ सहयोगको आह्वान

चिनियाँ प्रधानमन्त्रीद्वारा आइएमएफसँग घनिष्ठ सहयोगको आह्वान

बेइजिङ । चीनका प्रधानमन्त्री ली छ्याङले अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) सँग...

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

सियोल । जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाली नेता किम...

बन्दुकधारीबाट अपहरणमा परेका २५० बढी विद्यार्थी रिहा

बन्दुकधारीबाट अपहरणमा परेका २५० बढी विद्यार्थी रिहा

अबुजा (नाइजेरिया) । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा यसै महिनाको शुरुमा बन्दुकधारीले...