back
CTIZAN AD

जर्मनीले ग्यासको अभावमा ’कठिन निर्णयहरू’ सामना गर्दै

वि.सं.२०७९ असार ११ शनिवार

687 

shares

जर्मनी  ।  इन्धनको रुसी आपूर्ति घट्दै गएपछि जर्मनीले ग्यासअभावको स्थितिमा ‘कठिन समाजिक अवस्था’ को सामना गर्ने भएको छ ।

आर्थिक मन्त्री रबर्ट हाबेकले डर स्पिगल पत्रिकासँग भने, “पर्याप्त ग्याँस नहुँदा ग्याँसको आवश्यकता पर्ने कुनै–कुनै उद्योगहरू बन्द गर्नुपर्ने भएको छ ।” बिहीबार हाबेकले रूसबाट ग्यासको आपूर्ति कम भएपछि जर्मनीको आकस्मिक ग्याँस योजना अन्तर्गत सतर्कता स्तर बढाएका थिए । गत हप्ता रूसी ऊर्जा कम्पनी ग्याजप्रोमले पाइपलाइन मर्मतमा ढिलो भएको प्राविधिक कारण देखाउँदै नोर्ड स्ट्रीम पाइपलाइनमार्फत् जर्मनी आपूर्ति गरिने ग्यासको ६० प्रतिशतले कटौति गरेको थियो ।

यद्यपि जर्मनीले ग्यास कम्पनीको प्राविधिक समस्या आपुर्ति कटौति गर्नुको कारण नभएको बताएको छ । मस्कोको आक्रमणपछि यूक्रेनका लागि पश्चिमको समर्थनको प्रतिकारका कारण यो निर्णयको पछाडि ‘राजनीतिक’ उद्देश्य देखिएको जर्मनीको दाबी छ । आपूर्तिमा कटौतीले जर्मनीलाई पहिले कहिल्यै नभएको स्थितिमा पु¥याएको हाबेकले बताए । जर्मनी उद्योग र नागरिक दुवै आफ्नो आवश्यकता पूरा गर्न ऊर्जा आयातमा निर्भर छन् ।

पर्याप्त ग्याँस नभए जर्मनीले ‘कठिन समाजिक निर्णय’ गर्नुपर्ने हाबेकले बताए । “निर्णय राम्रो त छैन नै कम गलत निर्णयहरू पनि गरिएका छैनन् ।” यसबाट केही क्षेत्रहरूको परिणाम ‘भयानक’ हुनसक्ने र यसले ‘लामो समयसम्म’ प्रभाव पार्नसक्ने उनले बताए । जर्मनीले डिसेम्बरसम्ममा आफ्नो ग्याँस भण्डारण केन्द्रहरूलाई ९० प्रतिशत भर्ने गरी निर्देशन दिएको छ ।

तर हाबेकको मन्त्रालयले बिहीबार प्रस्तुत गरेको अनुमानअनुसार यदि ग्यासको प्रवाहमा लक्ष्य पूरा हुने सम्भावना कम छ ।एएफपी

वि.सं.२०७९ असार ११ शनिवार ०५:४२ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...