back
CTIZAN AD

भागदौडमा अठार आप्रवासीको मृत्यु

वि.सं.२०७९ असार ११ शनिवार

747 

shares

रबात । युरोपेली देश स्पेन जान मेलिला प्रवेश गर्न खोज्दा मच्चिएका भागदौडमा १८ जना आप्रवासी मारिएका तथा सयौँ घाइते भएका छन् । भागदौडका क्रममा केही प्रहरी समेत घाइते भएका छन् ।

मोरक्कोको नादोर र मेलिलाबीचको सिमाना नाघेर दुई हजार आप्रवासी स्पेन प्रवेश गर्न लागेपछि दुवै देशका सुरक्षा अधिकारीले नियन्त्रण गर्न खोज्दा उक्त घटना भएको हो । सुरक्षाकर्मीहरूले उनीहरूलाई सिमानाको दुवैतर्फबाट रोकेका थिए ।

सिमानामा रहेको फलामको बार चढ्न खोज्दा उनीहरूको मृत्यु भएको मोरक्कोको गृह मन्त्रालयले जनाएको भने मानव अधिकार सङ्घले २७ जनाको ज्यान गएको बताएको छ । यद्यपि उक्त सङ्ख्या तत्काल पुष्टि भएको छैन । दुर्घटनामा ज्यान गुमानेमा अधिकांश अफ्रिकी नागरिक छन् ।

यसैबीच, स्पेनका अधिकारीहरूले ४८ जना सिभिल गार्ड घाइते भएका तथा चारवटा गाडीमा क्षति पुगेको बताएको छ । सिमाना पार गर्न सफल भएका आप्रवासीहरू स्थानीय आप्रवासी केन्द्रमा पुगेका र त्यहाँ उनीहरूको परिस्थितिको समीक्षा भएको थियो ।

गत मार्चमा मेलिलालाई घेरेको छ मिटर अग्लो बार नाघेर स्पेन छिर्ने प्रयास गरेका थिए । ३ हजार ५ सय भन्दा बढी आप्रवासीको दुई दिनको त्यो प्रयासमा झण्डै १ हजार जना सफल भएका थिए । एपी

वि.सं.२०७९ असार ११ शनिवार १५:५३ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...