back

विश्व कीर्तिमानी आरोही तामाङको स्वास्थ्यस्थिति बुझ्न अस्पताल पुगे प्रचण्ड

वि.सं.२०७९ असार १२ आइतवार

129 

shares
NTC AD
Global IME AD

काठमाडौं । सबैभन्दा कम उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान कायम गरेका शम्भु तामाङको स्वास्थ्यअवस्थाका बारेमा राजनीतिक नेतृत्वले चासो लिएको छ ।

उनी यतिबेला क्यान्सर रोगसँग लडिरहेका छन् । लिसङ्खुपाखर गाउँपालिका-२, सिन्धुपाल्चोक स्थायी घर भई हाल काठमाडौं महाराजगञ्ज निवासी तामाङले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको सफल आरोहण गरेका थिए ।

सगरमाथाको शिखर चुम्दा तामाङ मात्रै १७ वर्ष ६ महिना १५ दिनको थिए । सबैभन्दा कम उमेरमा सगरमाथाको आरोहण गरेर गिनिज बुकमा नाम लेखाउन सफल तामाङको स्वास्थ्योपचारमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चासो व्यक्त गरेका छन् ।

May be an image of 4 people and indoor

आज बिहान ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल पुुगी तामाङको स्वास्थ्यस्थितिबारे अध्यक्ष प्रचण्डले जानकारी लिएका हुन् । तामाङ विगत लामो समयदेखि क्यान्सर रोगको उपचारका क्रममा अस्पतालमा छन् । तामाङको स्वास्थ्य अवस्थाबारे अध्यक्ष प्रचण्डले चिकित्सकबाट जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले उनको विगत र अहिले भइरहेको स्वास्थ्य अवस्थाबारे कुराकानी गरेका थिए । अध्यक्ष प्रचण्डले देशका लागि तामाङले पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै स्वास्थ्योपचारमा सरकारका तर्फबाट सहयोग दिलाउन पहल गर्ने बताए ।

वि.सं.२०७९ असार १२ आइतवार १२:३० मा प्रकाशित

NLIC AD
NABIL bank AD
सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...