back
CTIZAN AD

पुटिनको किन खिल्ली उडाए जि–सेभेनका नेताहरुले ?

वि.सं.२०७९ असार १३ सोमवार

777 

shares

काठमाडौं । जि–सेभेन देशका नेताहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको खिल्ली उडाएका छन् । जर्मनीमा यी नेताहरूले खाजाको समयमा पुटिन बिना शर्ट घोडामा बसेको तस्वीरलाई लिएर खिल्ली उडाएका हुन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले मजाक सुरु गरेका थिए । उनले भनेका छन्, “ज्याकेट लगाएको ? ज्याकेट फुकाल्ने ? हामी पुटिनभन्दा बलियो छौँ भनेर देखाउनुपर्छ ।”

जि सेभेनका नेताले साइबेरियन ताभा क्षेत्रको पहाडमा पुटिनले शर्टलेस घोडामा सवार भएको २००९ को फोटोलाई उल्लेख गर्दै थिए। तस्बिरमा पुटिनले चेन र चश्मा लगाएको पनि देखिन्छ ।

छलफलमा क्यानडाका जस्टिन ट्रुडोले पुटिनको खिल्ली उडाउँदै भने– हामी पनि बिना शर्ट घोडा चढेको फोटो खिच्नेछौं । मजाक यहाँ रोकिएन। युरोपेली संघका अध्यक्ष उर्सुला भोन डर लेयनले भने– घोडसवारी सबैभन्दा राम्रो हो। यसबारे बोरिस जोनसनले फेरि भने– हामीले उनीहरुलाई हाम्रो प्याक पनि देखाउनुपर्छ । तर, यस अमेरिकी राष्ट्रपति जो बाइडेनले भने पुटिनको विषयमा बोलेनन् ।

Vladimir Putin Lifestyle: इतनी है पुतिन की सैलरी, पर लाइफस्टाइल कर देगी हैरान, देखें तस्वीरें - News AajTak

पुटिनले धेरै पटक शर्टलेस तस्बिर खिचेका छन्

पुटिनको धेरै पटक शर्ट नलगाई फोटो खिचिएका छन्। २०१८ मा, उनले एक अष्ट्रेलियाली पत्रकारको प्रश्नको जवाफमा भने– मलाई केहि लुकाउनु पर्दैन, जब म छुट्टीमा छु, मलाई लाग्छ लुकाउनु आवश्यक छैन र यसमा केहि गलत छैन।

जी-सेभेन नेताहरू भेला हुनेबित्तिकै रुसको आक्रमण तीव्र भयो

रुस–युक्रेन युद्ध भएको ४ महिनाभन्दा बढी भइसकेको छ । आक्रमणहरू अझै जारी छन्। जुन २६ मा जर्मनीमा भएको जी–७ शिखर सम्मेलनअघि रुसले युक्रेनको राजधानी कीभमा एकपछि अर्को गर्दै १४ वटा मिसाइल प्रहार गरेको थियो ।

यहाँ अमेरिकी राष्ट्रपति जो बाइडेन पश्चिमी गठबन्धनलाई एकताबद्ध राख्न खोजिरहेका छन् । बाइडेनले रुसको आक्रमणको निरन्तर आलोचना गर्दै आएका छन् । यसअघि बाइडेनले रुसी आक्रमणलाई बर्बर भनेका थिए । एजेन्सीबाट

सम्बन्धित समाचार

युद्धमा मिसियो बेलारुस, रुसको पक्ष लिँदै युक्रेनमाथि हान्यो मिसाइल

वि.सं.२०७९ असार १३ सोमवार १६:४९ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...