back
CTIZAN AD

लमजुङ समाज पोर्चुगलको अध्यक्षमा गम्भीर गुरुङ

वि.सं.२०७९ असार १३ सोमवार

741 

shares

पोर्चुगल । लमजुङ समाज पोर्चुगलको आइतबार सम्पन्न अधिबेशनले गम्भीर गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिबेशनले समाजको वरिष्ठ बरिष्ठ उपाध्यक्षमा राज गुरुङ ‘जय शम्भो’ उपाध्यक्षहरुमा कृष्ण तामाङ, देवी घिमिरे र विमलराज पौड्याल, सचिवमा सुधिर भट्ट, सहसचिवमा सन्दिप अधिकारी, कोषाध्यक्षमा लक्ष्मी गुरुङ, सहकोषाध्यक्षमा सपना सिलवाल तथा सदस्यहरुमा चेतन लामा, रामचन्द्र पौड्याल र प्रिती गुरुङ चयन गरेको छ ।

गैरआवासीय नेपाली संघ पोर्चुगलका पूर्वअध्यक्ष तथा पोर्चुगलका लागि पर्यटनदूत रहेका रमेश कुमार गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गुरुङले समाज रुपान्तरणमा लमजुङ समाजको योगदान अतुलनिय रहेको भन्दै नयाँ नेतृत्वले समाजलाई नमुनाको रुपमा अगाडि बढाउनुपर्ने बताए ।

कार्यक्रममा ‘ओला अमिगो’ का निर्देशक गुमानसिंह कार्कीले लमजुङबाट रोजगारीका लागि पोर्चुगल आएका जो कोहीलाई पनि समाजले खुल्ला मनले सहयोग गर्नुपर्ने बताउदै आफ्नो कार्यालय तथा व्यक्तिगत रुपमा कानुनी तथ कागजी काममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।  उनले पोर्चुगलमा रहेका नेपाली समुदायले कागजी प्रक्रियामा भोग्नुपरेको झन्झटमा आफु परमर्श दिनका लागि तयार रहेको र कार्यालयमा आउन आग्रह गरेका थिए ।

समाजका निवर्तमान अध्यक्ष लोकेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान बरिष्ठ उपाध्यक्ष बौद्धप्रसाद गुरुङको शुभकामना मन्तव्य रहेको थियो भने समाजका निवर्तमान सहसचिव लक्षिन घलेले सहजीकरण गरेका थिए ।

त्यस्तै सोहि अधिबेशनमा निवर्तमान कोषाध्यक्ष बिशाल गुरुङका तर्फबाट सचिव कमल पनेरुले आर्थिक प्रतिवेदन र निवर्तमान अध्यक्ष गुरुङले हालसम्म भएका समाजका कामबारे जानकारी गराएका थिए ।

कार्यक्रममा समाजले दुईबर्षको अवधिमा पोर्चुगल र लमजुङमा गरेका आर्थिक सहयोगबारे जानकारी गराउँदै तथा आगामी दिनमा जिल्लाबासीका लागि सहयोगका हात अगाडि बढाउने बताइएको थियो ।

वि.सं.२०७९ असार १३ सोमवार १६:४६ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...