back

एमालेले तोक्यो गाउँ र नगरपालिकाको संयोजक

वि.सं.२०७३ चैत १० बिहीवार

483 

shares
IME Limited
NTC AD

१० चैत, त्रिशूली (नुवाकोट) । नेकपा (एमाले)ले जिल्लामा परिवर्तित स्थानीय तहको संरचना अनुसार आफ्नो सङ्गठनलाई विस्तार गरेको छ ।

साविकको क्षेत्रीय, इलाका, गाउँ र नगर कमिटीलाई नयाँ स्थानीय तहको संरचनाअनुसार रूपान्तरण गर्ने गरी एमालेले जिल्ला मातहतका सबै कमिटी पुनर्गठन गर्ने अभियान अघि बढाएको हो । स्थानीय तहअनुसार जिल्लाका १२ वटा स्थानीय तहमा इन्चार्ज र संयोजकहरू तोकेर एमालेले आज अभियान थालेको हो ।
शिवपुर गाउँपालिकाको संयोजकमा उज्वल खड्का, सहसंयोजकमा श्याम लामा, ककनी गाउँपालिकाको संयोजकमा जितबहादुर बलामी, सहसंयोजकमा सानुमाया तामाङ, तारकेश्वर गाउँपालिकाको संयोजकमा चुडामणि गजुरेल र सहसंयोजकमा दुर्गा बस्ती, मेघाङ गाउँपालिकाको संयोजकमा उद्धव सापकोटा, सहसंयोजकमा विन्दुमाया तामाङ, किस्पाङ गाउँपालिकाको संयोजकमा छत्र लामा, सूर्यगढी गाउँपालिकाको संयोजकमा विन्दा ढुङ्गाना, सहसंयोजकमा घकुमार लामा, तादी गाउँपालिकाको संयोजकमा विजय खनाल, सहसंयोजकमा शिवराम दाहाललाई जिम्मेवारी दिइएको छ ।

यस्तै, दुप्चेश्वर गाउँपालिकाको संयोजकमा सुरज शेर्पा, पञ्चकन्या गाउँपालिकाको संयोजकमा अर्जुन कार्की, सहसंयोजकमा विन्दा विक, लिखु गाउँपालिकाको संयोजकमा प्रदिपप्रसाद पाठक, सहसंयोजकमा भोलाप्रसाद पाठक, बेलकोटगढी नगरपालिकाको संयोजकमा सुदर्शन नेपाल, सहसंयोजकमा माधव पाण्डे, विदुर नगरपालिकाको संयोजकमा शरणउत्सुक सापकोटा र सहसंयोजकमा नारायण घिमिरेलाई जिम्मेवारी दिइएको एमाले नुवाकोटका प्रचार विभाग संयोजक वासुदेव कँडुवालले बताउनुभयो ।

एमालेले गाउँपालिका तथा नगरपालिकाको कामलाई प्रभावकारी रुपमा अघि बढाउन इन्चार्ज र सहइन्चार्जसमेत तोकिएको जिल्ला अध्यक्ष नारायण खतिवडाले जानकारी दिनुभयो ।

वि.सं.२०७३ चैत १० बिहीवार ०२:५८ मा प्रकाशित

कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनियो

बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनियो

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज...

जनप्रगतिशिल मञ्च नर्वेको पाँचौ अधिवेशन भव्य रूपमा सम्पन्न

जनप्रगतिशिल मञ्च नर्वेको पाँचौ अधिवेशन भव्य रूपमा सम्पन्न

ओस्लो । नेपाली जनप्रगतिशिल मञ्च नर्वेको पाँचौ अधिवेशन भव्य रूपमा...

बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

बलेवा (बागलुङ) । जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत्...

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित

वालिङ । कृषि ज्ञान केन्द्र स्याङ्जाले यहाँका चार उत्कृष्ट कृषकलाई...

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...