back
CTIZAN AD

एमालेले तोक्यो गाउँ र नगरपालिकाको संयोजक

वि.सं.२०७३ चैत १० बिहीवार

906 

shares

१० चैत, त्रिशूली (नुवाकोट) । नेकपा (एमाले)ले जिल्लामा परिवर्तित स्थानीय तहको संरचना अनुसार आफ्नो सङ्गठनलाई विस्तार गरेको छ ।

साविकको क्षेत्रीय, इलाका, गाउँ र नगर कमिटीलाई नयाँ स्थानीय तहको संरचनाअनुसार रूपान्तरण गर्ने गरी एमालेले जिल्ला मातहतका सबै कमिटी पुनर्गठन गर्ने अभियान अघि बढाएको हो । स्थानीय तहअनुसार जिल्लाका १२ वटा स्थानीय तहमा इन्चार्ज र संयोजकहरू तोकेर एमालेले आज अभियान थालेको हो ।
शिवपुर गाउँपालिकाको संयोजकमा उज्वल खड्का, सहसंयोजकमा श्याम लामा, ककनी गाउँपालिकाको संयोजकमा जितबहादुर बलामी, सहसंयोजकमा सानुमाया तामाङ, तारकेश्वर गाउँपालिकाको संयोजकमा चुडामणि गजुरेल र सहसंयोजकमा दुर्गा बस्ती, मेघाङ गाउँपालिकाको संयोजकमा उद्धव सापकोटा, सहसंयोजकमा विन्दुमाया तामाङ, किस्पाङ गाउँपालिकाको संयोजकमा छत्र लामा, सूर्यगढी गाउँपालिकाको संयोजकमा विन्दा ढुङ्गाना, सहसंयोजकमा घकुमार लामा, तादी गाउँपालिकाको संयोजकमा विजय खनाल, सहसंयोजकमा शिवराम दाहाललाई जिम्मेवारी दिइएको छ ।

यस्तै, दुप्चेश्वर गाउँपालिकाको संयोजकमा सुरज शेर्पा, पञ्चकन्या गाउँपालिकाको संयोजकमा अर्जुन कार्की, सहसंयोजकमा विन्दा विक, लिखु गाउँपालिकाको संयोजकमा प्रदिपप्रसाद पाठक, सहसंयोजकमा भोलाप्रसाद पाठक, बेलकोटगढी नगरपालिकाको संयोजकमा सुदर्शन नेपाल, सहसंयोजकमा माधव पाण्डे, विदुर नगरपालिकाको संयोजकमा शरणउत्सुक सापकोटा र सहसंयोजकमा नारायण घिमिरेलाई जिम्मेवारी दिइएको एमाले नुवाकोटका प्रचार विभाग संयोजक वासुदेव कँडुवालले बताउनुभयो ।

एमालेले गाउँपालिका तथा नगरपालिकाको कामलाई प्रभावकारी रुपमा अघि बढाउन इन्चार्ज र सहइन्चार्जसमेत तोकिएको जिल्ला अध्यक्ष नारायण खतिवडाले जानकारी दिनुभयो ।

वि.सं.२०७३ चैत १० बिहीवार ०२:५८ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब...