back
CTIZAN AD

नेपाली सेनाको प्रवक्तामा कडायत नियुक्त

वि.सं.२०७३ चैत १० बिहीवार

891 

shares

१० चैत, काठमाडौँ । नेपाली सेनाले सहायक रथी झङ्करबहादुर कडायतललाई प्रवक्ताको जिम्मेवारी तोकेको छ ।

प्रवक्ता ताराबहादुर कार्की केही दिनमै सेवानिवृत्त हुन लाग्नुभएकाले नेपाली सेनाले विशेष फौज (१० नं बाहिनी) का बाहिनीपति कडायतलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

नेपाली सेनामा ३५ वर्ष सेवा पु¥याउनुभएका कार्कीले डेढ वर्ष प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभयो । बाहिनीपति कडायतले भारतमा सैनिक सहचरीको जिम्मेवारी निभाउनुभएको थियो भने पाकिस्तानबाट एनडिसी कोर्ष गर्नुभएको छ ।

सैनिक मुख्यालयमा बुधबार आयोजित समारोहमा सेवानिवृत्त हुन लाग्नुभएका मानार्थ उपरथी कार्कीले निष्पक्ष र वस्तुनिष्ठ समाचार सम्प्रेषण गरी नेपाली सेनाको सङ्गठनलाई सहयोग पु¥याएको भनी सञ्चार क्षेत्रको प्रशंसा गर्नुभयो ।

प्रवक्ताको जिम्मेवारी सम्हाल्न लाग्नुभएका कडायतले विगत झैँ नेपाली सेनाको सङ्गठनको श्रीवृद्धिमा सञ्चार क्षेत्रबाट उल्लेखनीय सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्री सहभागी हुनुहुन्थ्यो ।

वि.सं.२०७३ चैत १० बिहीवार ०२:५७ मा प्रकाशित

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

बागमती । हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित...

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा...

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...