back
CTIZAN AD

सर्वसाधारणका लागि खुला भयो हङकङ दरबार सङ्ग्रहालय

वि.सं.२०७९ असार २० सोमवार

717 

shares

हङकङ । चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) को ‘वेस्ट काउलून कल्चरल डिस्ट्रक्ट’स्थित हङकङ दरबार सङ्ग्रहालय आइतबारदेखि सर्वसाधारणका लागि खुला भएको छ ।

सुरुको प्रदर्शनीहरूमा बेइजिङको दरबार सङ्ग्रहालयले सङ्कलन गरेको ९०० भन्दा बढी प्राचीन, सांस्कृतिक तथा सार्वजनिक महत्वका सामग्रीहरूलाई देखाइनेछ । यसमध्ये केही सामग्री हङकङमा पहिलो पटक प्रदर्शन भइरहेका छन् ।

सुरुको प्रदर्शनीको सुरुको चार हप्ताका लागि करिब एक लाख ४० हजार टिकटमध्ये ८० प्रतिशत टिकट बिक्री भइसकेको सङ्ग्रहालय प्रशासनले जनाएको छ ।

हङकङ सरकारको संस्कृति, खेलकुद र पर्यटनमन्त्री केभिन योङले भने “सङ्ग्रहालयले चीनको असल इतिहास (कथा) सुनाउन हङकङको आफ्नै सांस्कृतिक विषयबाट पनि लाभ लिनेछ ।”

सङ्ग्रहालयले सामान्य प्रवेशको मूल्य ५० हङकङ डलर (लगभग ६.३७ अमेरिकी डलर) तय गरेको छ भने विशेष प्रदर्शनी टिकट १२० हङकङ डलर (१५.२९ अमेरिकी डलर) तय गरेको छ ।

सङ्ग्रहालय उद्घाटनको पहिलो वर्षका सबै बुधबार सबैका लागि प्रवेश निःशुल्क गरिनेछ । साथै संस्थागत तथा अन्य सङ्गठनहरूले एक लाख ५० हजार सामान्य प्रवेश टिकट कम विशेषाधिकार प्राप्त समूहहरूलाई वितरणका लागि प्रायोजित गर्ने सङ्ग्रहालयले बताएको छ । सिन्ह्वा

वि.सं.२०७९ असार २० सोमवार ०७:५१ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...