back
CTIZAN AD

श्रीलङ्कामा आर्थिक संकट गहिरीदै जाँदा इन्धन भण्डारण ‘खालि भएको’ अधिकारीको दाबी

वि.सं.२०७९ असार २० सोमवार

849 

shares

कोलोम्बो । श्रीलङ्कामा एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको ऊर्जा मन्त्रीले आइतबार बताएका छन् ।

देशमा आर्थिक सङ्कट थप जटिल बन्दै जाँदा सार्वजनिक यातायात इन्धन अभावका कारण ठप्प भएको छ ।

अधिकांश पेट्रोल पम्पहरू धेरै दिनदेखि इन्धनविहीन रहँदा पेट्रोल र डिजेलको खोजीमा राजधानीका धेरै स्थानमा सर्वसाधारणको लाइन निकै लामो देखिने गरेको छ ।

मन्त्री विजेसेकेराले मुलुकमा पेट्रोल भण्डार करिब चार हजार टन रहेको र यसले एक दिनको माग पनि धान्न नसक्ने बताएका छन् ।

विजेसेकेराले कोलम्बोमा सञ्चारकर्मीसँग भने, “पेट्रोल तथा डिजेल जुलाई २२ र २३ सम्ममात्र आइपुग्ने अनुमान गरिएको छ ।

उनले पत्रकारहरूसँग भने, “हामीले नियमितबाहेकका अन्य आपूर्तिकर्तासँग सम्पर्क गरेका छौँ, तर जुलाई २२ अघि हामी कुनै पनि नयाँ आपूर्तिका लागि आश्वासन पाउन सकेका छैनौँ ।”

गत हप्ता, नगद अभावको कारण श्रीलङ्काले पेट्रोल र डिजल बचत गर्न आवश्यक सेवाबाहेक सबै क्षेत्रका लागि इन्धन बिक्री दुई हप्ता रोक्ने घोषणा गरेको थियो ।

सोमबार बैंक तथा कार्यालयहरू पुनः खोलिँदा स्थिति खराब हुने अनुमानसहित देशभरका अधिकांश पेट्रोल पम्पहरू आइतबारदेखि बन्द भएका छन् ।

निराश मानिसहरूले केही गाडीहरूसँग लिफ्ट माग्दै आफ्नो गन्तव्यमा पुग्न खोजेका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल बन्ने गरेका छन् ।

देशको दुई तिहाइभन्दा बढी व्यक्तिलाई यातायात सेवा दिइरहेका निजी स्वामित्वमा रहेको बसले इन्धन अभावका कारण नराम्ररी प्रभावित भएकाले आइतबारदेखि अत्यन्त नै न्यूनरूपमा सेवा सञ्चालन गरेको बताए ।

निजी बस सञ्चालक सङ्गठनका अध्यक्ष गेमुनु विजेराट्नेले भने “हामीले हाम्रा सदस्यहरूको स्वामित्वमा रहेको कूल २० हजार बसमध्ये देशभरि करिब एक हजार बसहरू सञ्चालन गरिरहेका थियौँ । भोलिको अवस्था पक्कै झनै बिग्रनेछ देखिएको छ किनकी हामीसँग डिजेल पाउने कुनै उपाय छैन ।” तत्काल कुनै समाधान नआउने देखिएकोले सोमबारदेखि सेवा थप खुम्चिँदै जाने उनले बताए ।

यहाँको लोकप्रिय यातायात मानिने तीन पाङ्ग्रे सवारी साधन पनि सडकमा छ लिटर पेट्रोलको कोटा प्राप्त गर्न दिनभरि लाममा देखिन्थे भने फाट्टफुट्ट सेवामा पनि कुदेको देखिन्थे ।

विदेशी मुद्राको अभावले मुलुकको सबैभन्दा खराब आर्थिक सङ्कट व्यहोरिरहेको यस मुलुकमा अति आवश्यक सामग्रीको आयातलाई समेत धान्न नसकेपछि यहाँका दुई करोड २० लाख जनताले दैनिक गम्भीर कठिनाइ भोग्दै आएका छन् ।

देशले गत वर्षको अन्त्यदेखि रेकर्ड गरिएको उच्च मुद्रास्फीति र लामो विद्युत् ब्लाकआउटको पनि सामना गरिरहेको छ ।

सबै गैर–आवाश्यक सरकारी संस्था र विद्यालयहरूलाई जुलाई १० सम्म बन्द गर्न आदेश दिइएको छ । यसले गर्दा आवतजावतमा कमी आएको र ऊर्जाको माग कम बनेको भए पनि यही माग सम्बोधन गर्न नसक्दा सरकारी अधिकारीहरूले नागरिकसँग क्षमा याचना गर्दै इन्धन जोहोका लागि दौडधुप गरिरहेका स्थानीय सञ्चारमाध्यममा बताउने गरिएको छ । इन्धनको उच्च मागसँगै पेट्रोल पम्पहरूमा लामबद्ध मानिसहरूबीच बेलाबखत विवाद र झगडा हुनेगरेका स्थानीय सञ्चारमाध्यमहरूले बताउने गरेका छन् ।

अप्रिलमा देशले ५१ बिलियन डलर बाह्य ऋणमा चुक्ता गरेपछि श्रीलङ्का हाल सम्भावित जमानतका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्तामा छ । एएफपी

वि.सं.२०७९ असार २० सोमवार ०७:४२ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...