back
CTIZAN AD

कतारमा भएको परमाणु वार्ताका लागि अमेरिकाले पहल नगरेको इरानको दाबी

वि.सं.२०७९ असार २१ मंगलवार

918 

shares

तेहरान । सन् २०१५ को आणविक सम्झौतालाई पुनः जीवित गर्ने विषयमा वार्ताको नयाँ प्रयासमा संयुक्त राज्य अमेरिका रचनात्मक नभएको इरानी विदेश मन्त्रालयले सोमबार जनाएको छ ।

इरानी विदेशमन्त्री होसिन आमिर–अब्दोलाहियनले फ्रान्सेली समकक्षी क्याथरिन कोलोनासँगको फोन वार्तामा उक्त कुरा बताएको मन्त्रालयले उल्लेख गरेको छ ।

दोहामा मरगलबार र बुधबारको वार्तालाई सकारात्मक भनी वर्णन गर्दै आमिर–अब्दोलाहियनले भने, “हामीले प्रतीक्षा गर्नुपर्छ र अमेरिकी पक्षले कूटनीतिको अवसरलाई कसरी प्रयोग गर्छ भन्ने कुरा हेर्नुपर्छ ।”

उनले भने, “यसअघि समाधानका लागि गरिएका सर्तलाई दोहो¥याएर राजनीतिक पहल गर्नु हुँदैन भन्ने हाम्रो अडान छ ।”

अमीर–अब्दोलाहियनले भने “इरान ‘असल र चिरस्थायी’ सम्झौता गर्न गम्भीर रहेको छ र वार्तामा सधैँ आफ्ना प्रस्ताव तथा विचारहरू प्रस्तुत गरेको छ ।”

गतहप्ता कतारको राजधानीमा इरान र संयुक्त राज्य अमेरिकाबीच भएको दुई दिवसीय अप्रत्यक्ष वार्ताले औपचारिक रूपमा संयुक्त बृहत् कार्ययोजना (जेसीपीओए) भनेर चिनिने आणविक सम्झौतालाई पुनः स्थापित गर्ने अन्तरराष्ट्रिय प्रयासबीच बाँकी रहेका मतभेदहरू समाधान गर्ने कुनै सम्झौता गर्न सकेन । जुलाई २०१५ मा अमेरिकासहित विश्वका प्रमुख शक्तिराष्ट्रहरू र इरानबीच जेसीपीओएमा हस्ताक्षर भएको थियो ।

उक्त सम्झौतामा इरानले आफ्नो मुलुकमाथिको प्रतिबन्ध हटाएको बदलामा आफ्नो आणविक कार्यक्रम रोक्न सहमति जनाएको थियो । तर, अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१८ मे महिनामा वाशिङटनलाई जेसीपीओएबाट बाहिर निकालेर तेहरानमाथि एकपक्षीय प्रतिबन्ध लगाएपछि इरान पनि क्रमशः सम्झौताबाट पछि हटेको थियो ।

यो सम्झौता लाई पुनर्जीवित गर्ने वार्ता अप्रिल २०२१ मा भियनामा सुरु भएको थियो तर तेहरान र वासिङ्टनबीच राजनीतिक मतभेदका कारण यसवर्षको मार्चमा स्थगित गरिएको थियो । सिन्ह्वा

वि.सं.२०७९ असार २१ मंगलवार ०८:४९ मा प्रकाशित

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...