back
CTIZAN AD

अब अस्ट्रेलिया प्रवेश गर्दा कोभिड–१९ विरूद्धको खोप लगाउन नपर्ने

वि.सं.२०७९ असार २१ मंगलवार

894 

shares

सिड्नी, अस्ट्रेलिया । अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय यात्रुहरूलाई कोभिड–१९ विरूद्धको खोप लगाएको पुष्टि गर्नुपर्ने प्रवाधान अन्त्य गरिएको घोषणा गरेको छ ।

यहाँको गृहमामिला मन्त्री क्लार ओनेल र स्वास्थ्य मन्त्री मार्क बटलरले आइतबार उक्त जानकारी दिएका हुन् ।

बुधबारदेखि अस्ट्रेलिया आइपुगेका यात्रु खोप लगाएको पुष्टि गर्न अब ‘डिजिटल प्यासेन्जर डिक्लरेसन (डीपीडी) पूरा गर्नु पर्ने छैन ।

यो निर्णयले कोभिड–१९ को प्रसार रोक्न मार्च २०२० मा पहिलो पटक पेस गरिएको सबै अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धको अन्त्यलाई सङ्केत गरेको छ ।

ओनिलद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “हामीमध्ये धेरै अन्तरराष्ट्रिय तवरमा यात्रा गर्दैछौँ र हामी कोभिडबाट हुने हाम्रो जोखिमको प्रबन्धमा अझ विश्वस्त हुँदैछौँ । हाम्रा विमानस्थलहरू व्यस्त हुँदैछन् ।”

“यी आवश्यकताहरू हटाउँदा हाम्रो विमानस्थलको काम कारबाही छरितो हुनुका साथै अझ धेरै आगन्तुक तथा दक्ष कामदारहरूलाई गन्तव्यको रूपमा अस्ट्रेलिया छान्न प्रोत्साहन मिल्नेछ ।”

यद्यपि अस्ट्रेलिया आउने सबै व्यक्तिले उडानको अवधिमा मुखमा मास्क लगाउने नियम भने जारी रहनेछ ।

अस्ट्रेलियामा कोभिड–१९ सङ्क्रमण सङ्ख्या बढ्दै जाँदा यो घोषणा भएको हो । सोमबार बिहान अस्ट्रेलियाले २५ हजारभन्दा बढी व्यक्तिमा कोभिड–१९को थप सङ्क्रमण भएको जनाएको थियो । विगत २४ घण्टामा अस्ट्रेलियाको बढी प्रभावित राज्य भिक्टोरियामा २४ जना र न्यू साउथ वेल्समा २५ जनाको मृत्यु भएको थियो ।

“आगामी दुई महिनासम्म कोभिड सङ्क्रमितको सङ्ख्या बढ्ने कुरा ‘स्पष्ट छ’,” बटलरले भने । “यसले कोभिड सङ्क्रमितसहित तीन हजारभन्दा बढी बिरामी रहेका अस्पतालहरूमा दबाब दिइरहेको उहाँले आइतबार पत्रकार सम्मेलनमा बताए ।

“म मानिसहरूलाई खोपको तेस्रो मात्रा लिन अझै पनि सुझाव दिन्छु किनकी हामी अहिलेसम्म यो भाइरसको सङ्क्रमणसँग जुधिरहेका छौँ ।

वि.सं.२०७९ असार २१ मंगलवार ०८:४७ मा प्रकाशित

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...