back
CTIZAN AD

गोली लागेका जापानका पूर्वप्रधानमन्त्रीको अवस्था गम्भीर–जापानी प्रधानमन्त्री

वि.सं.२०७९ असार २४ शुक्रवार

858 

shares

काठमाडौं । शुक्रबार बिहान एक कार्यक्रमका बीच एक अज्ञात व्यक्तिको गोली प्रहारबाट घाईते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको स्वास्थ्य अवस्था गम्भीर रहेको जापानी प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन् ।

हाल बेहोस अवस्थामा अस्पतालमा उपचार गराइरहेका आवेलाई गोली लाग्नासाथ हृदयघात समेत भएको थियो ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले आवेको स्वास्थ्य अवस्था गम्भीर रहेको बताउँदै भनेका छन्– ‘म मनैदेखि प्रार्थना गरिरहेको छु कि आवे स्वस्थ्य रहुन् । म उनीमाथी भएको हमलाको कडा निन्दा गर्दछु कि लोकतन्त्रमा यस्तो हिँसा कुनै ठाउमा हुँदैन ।’

यह उस गन की फोटो है जिससे हमलावर ने आबे को गोलियां मारीं।

पत्रकार बनेर कार्यक्रममा घुसेका थिए गोली हान्ने व्यक्ति
शुक्रबार बिहान सार्वजनिक कार्यक्रममा भाषण गरिरहेका शिन्जो आवेमाथि गोली हान्ने व्यक्ति पत्रकारको भेषमा कार्यक्रमस्थलमा पुगेका थिए । उनले आबेमाथि क्यामेराजस्तो देखिने ह्यान्डहेल्ड बन्दुकले आक्रमण गरेका थिए ।
आक्रमणकारीले बन्दुकलाई क्यामेरा जस्तो देखिने गरी डिजाइन बनाएर कार्यक्रमस्थलमा पुगेका थिए । यसका लागि उनले बन्दुकमा कालो प्लाष्टिक बेरेका थिए । आक्रमणकारीले १०० देखि १५० मिटर टाढाबाट गोली चलाएको भिडियोमा देखिएको समाचार एजेन्सीहरुले बताएका छन् ।

प्रहरीद्धारा पक्राउ परेका ४१ वर्षीय यामागामी तेत्सुया पहिले समुद्री आत्मरक्षा बलको सदस्य थिए । आबेमाथि गोली हानेपछि तेत्सुया केही समय त्यहीँ उभिइरहे । त्यसपछि उनले भाग्ने प्रयास गरेका थिए । हाल प्रहरीको हिरासतमा रहेका उनले के कारणले आवेमाथि गोली हाने भन्ने खुलेको छैन । जापानमा बन्दुक सम्बन्धी संसारकै सबैभन्दा कडा कानुन छ ।

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार

वि.सं.२०७९ असार २४ शुक्रवार १२:५३ मा प्रकाशित

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...