back
CTIZAN AD

शाइन रेसुङ्गा विकास बैंकद्धारा वेब पोर्टल डीजीशाइन सञ्चालन

वि.सं.२०७९ असार २४ शुक्रवार

873 

shares

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले डिजिटल बैंकिङको संस्कृतिलाई बढावा दिन वेब पोर्टल डीजीशाइन सञ्चालनमा ल्याएकाे छ । बैंकले आफ्ना ग्राहकहरूलाई एकल विन्डो मार्फत विभिन्न प्रकारका नयाँ अनलाइन सेवाहरू प्रदान गर्ने अनलाइन वेब पोर्टल डीजीशाइन सुरु गरेको हो ।

बैंकका अनुसार ग्राहकहरूले अनलाइन खाता खोल्न र मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर कोड, डेबिट कार्ड, डिम्याट जस्ता सेवाहरूको लागि आवेदन दिन सक्नेछन् । मेरो शेयर डिजी शाइन वेब पोर्टल  https://webservices.srdb.com.np/ मार्फत बैंकमा भौतिक रूपमा उपस्थित नभईकन ग्राहकहरूले मोबाइल र अनलाइन बैंकिङ, माई सेयर, सीआरएन नम्बर रजिष्ट्रेसन र जानकारी, क्यूआर कोड रजिष्ट्रेसन र पासवर्ड रिसेट, र डेबिट कार्ड दर्ता जस्ता निःशुल्क सेवाहरूको लागि पनि एउटै वेब पोर्टलबाट दर्ता गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त सेवाले ग्राहकहरुका लागि थप मूल्य अभिवृद्धि गर्नुका साथै डिजिटल बैंकिङको संस्कृतिलाई बढावा दिने बैंक आशा लिएको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न हाल भिसा नेटवर्कमा जडित कुनै पनि बैंक वा वित्तीय संस्थामा डेबिट कार्ड प्रयोग गरी निःशुल्क नगद झिक्ने सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ ।

No description available.

बुटवल, रुपन्देही जिल्लामा मुख्यालय रहेको बैंकले नेपाल राष्ट्र बैंकबाट जारी गरिएका सबै निर्देशन र अन्य प्रचलित कानुन र नियमहरूको पालना गर्दै शहरी तथा ग्रामीण दुवै ग्राहकका लागि सहज वित्तीय पहुँचलाई प्राथमिकतामा राखेकोसमेत जनाएको छ ।

बैंकले हाल ५ प्रदेशमा ८४ वटा शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र १५ वटा एटिएम सञ्जाल मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । साथै छिट्टै विभिन्न स्थानमा थप २ वटा एटीएम टर्मिनल खोल्ने प्रक्रियामा रहेको बैंकले जनाएको छ ।

वि.सं.२०७९ असार २४ शुक्रवार १३:१८ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...