काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकको मर्जर रोकिएको छ । यी दुई बैंकबीच आज(शुक्रबार) हुने भनिएको मर्जर सम्बन्धी सम्झौता स्थगित भएको हो ।
हिमालयन र सिभिल बैंक मर्जर प्रक्रियाको अन्तिमा आएर केही विषयमा कुरा नमिल्दा रोकिएको हो । यसअघि हिमालयल बैंकको नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रक्रिया तोडीएको थियो । त्यस पश्चात सिभिल बैंकसँग हिमालयनले मर्जर प्रक्रिया थालेको हो । तर नेपाल राष्ट्र बैंकले असार मसान्तपछि मर्जर तथा प्राप्तीमा पाइने सुविधा कटौती हुने बताएसँगै मर्जरका लागि यी दुवै बैंक तयार भएका थिए । तर दुबै बैकबीच विहिबार अन्तिम समयमा कुरा नमिलेपछि मर्जर प्रक्रिया रोकिएको हाललाई रोकिएको छ ।
हाललाई हिमालयन बैंकको १ सय कित्ता शेयर बराबर सिभिल बैंकको ८१ कित्ता शेयर हुने गरी स्वाप रेसियो तय भएको छ । हाल हिमालयनको चुक्ता पुँजी १२ अर्ब ९६ करोड र सिभिल बैंकको ९ अर्ब ७ करोड रुपैयाँ छ भने सहमति स्वाप रेसियो अनुसार मर्जर भएमा नयाँ बन्ने बैंकको चुक्ता पुँजी २० अर्ब ३० करोड हुने छ ।
बैंकमा मर्जरको कारण एक अर्ब ७२ करोड रुपैयाँ सेयर प्रिमियम जम्मा हुनेछ । मर्जर पछिको चुक्ता पुँजीको आधारमा नै बैंकले ८.४८ प्रतिशत लाभांश दिन सक्ने अवस्था रहन्छ । यो रकम जोडिए पछि भने बैंकको चुक्ता पुँजी कम्तिमा २२ अर्ब ३ करोड पुग्नेछ । बैंकहरुको स्वाप रेसियो भने सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदनले निश्चित गर्ने छ ।
मर्जरपछि पनि बैंकको नाम हिमालयन रहने छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा हिमालयनका अशोक राणाले नै निरन्तरता दिने बताइएको छ ।
वि.सं.२०७९ असार २४ शुक्रवार १३:४२ मा प्रकाशित





























