back
CTIZAN AD

एनसेलले ल्यायो ‘डबल मजा प्याक’ अफर

वि.सं.२०७९ असार २४ शुक्रवार

687 

shares

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘डबल मजा प्याक’ अफर ल्याएको छ । कम्पनीले बिहीबार डेटा अफर ‘डबल मजा प्याक’ ल्याएको हो । यस अफरले ग्राहकलाई रु १२५ पर्ने डेटा प्याक पुनः खरिद गरि आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन प्रोत्साहन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकले ७ दिनको समयसीमा रहेको ५ जीबी डेटा करसहित १२५ रुपैयाँमा खरिद गर्छन् र प्याकको समयसीमा सकिनु भन्दा पहिले नै सो प्याक पुनः खरिद गर्दछन् भने उही शुल्कमा अब ५ जीबीको सट्टामा १० जीबी डेटा प्राप्त गर्नेछन् । यो अफर आज(असार २४ गते शुक्रबार)बाट संचालनमा आएको छ ।

समयावधि सकिनु अघिनै नयाँ प्याक लिएमा डेटा भोल्युम र समयावधि दुवै सोही अनुसार थपिदै जाने यस अफरको विषेशता रहेको एनसेलले जनाएको छ । यदि कुनै ग्राहकले प्याक खरिद गरेको तीन दिनपछि सोही प्याक पुन खरिद गरेमा नयाँ १० जीबी उसको बाँकी डेटा भोल्युममा जोडिन्छ र समयसीमा पनि बाँकी रहेको ४ दिन सहित ११ दिन हुन्छ । प्याक आवश्यकता अनुसार जति पटक पनि पुनः खरिद गर्न सकिने छ भने कुल अधिकतम समयसीमा २८ दिन रहने बताइएको छ ।

May be an image of 3 people, people standing and text that says 'Ncell Double Majja Pack 5GB data लाई बनाउनुहोस 10GB! 10GB बनाउने तरिका: ৭. सुरुमा रु. १२५ को ७ दिन मान्य 5GB Double Majja Pack खरिद गर्नुहोस्। .त्यसपछि validity नसकिदै त्यहि pack फेरी खरिद गरी 5GB 5GB data पाउनुहोस्। Validity 28 दिन सम्म थपिदै जानेष भने volume चाहिँ जतिपनि थपिन्छ। 8. त्यसैले घेरे फाइदा लिन घेरे चोटी खरिद गर्नुहोस। *17123*22#'

एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, “हामी आफ्ना ग्राहकलाई हाम्रो निरन्तरको प्रयास र नवीन सेवा मार्फत उत्कृष्ट सेवा अनुभव र यसको उचित मुल्य प्रदान गर्न प्रतिवद्ध छौं । आफ्नो डेटाको सीमा सकिने कुनै चिन्ता नगरी सुलभ डेटा सेवाबाट फाइदा लिन पाइने भएकाले नयाँ डबल मजा प्याकले ग्राहकलाई ठूलो महत्व राख्दछ,” ।

एनसेलका ग्राहकले एस्ट्रिक १७१२३ एस्ट्रिक्स २२ ह्यास डायल गरी यो प्याक सजिलै सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकले एनसेल एप, एनसेलको वेभसाइट र इसेवा, खल्ती, आइएमइपे जस्ता वालेटबाट पनि यो प्याक खरिद गर्न सक्ने बताइएको छ ।

यो अफर अन्तर्गत ल्याइएको प्याकले सुलभ दरमा डेटा सेवाको पहुँच प्रदान गर्दै ग्राहकलाई मुल्य प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । कम्पनीका अनुसार ग्राहकले यस अफर अन्तर्गत एनसेलको डेटा सेवाको फाइदा जहाँ र जहिले पनि लिन सक्नेछन् ।

वि.सं.२०७९ असार २४ शुक्रवार १४:२५ मा प्रकाशित

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...