काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक पेरिस डाँडामा जारी रहेको छ ।
बिहीबार राजधानीमा सम्पन्न माओवादीको केन्द्रीय समितिको बैठकले ४१ स्थायी समिति सदस्यको टुंगो लगाएपछि आज पहिलो बैठक बसेको हो ।

गत १९ गते सुरु भएर २३ गते सम्पन्न केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्यलाई पूर्णता, १२५ जना पोलिटव्युरो सदस्य चयन तथा ४१ जना स्थायी समिति सदस्य चयन गरेको हो ।
गत पुसमा सम्पन्न माओवादी केन्द्रको आठौ महाधिबेशनले केन्द्रीय अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै निरन्तरता दिएपनि केन्द्रीय पदाधिकारी भने चयन गर्न सकेको छैन ।

वि.सं.२०७९ असार २५ शनिवार १०:२७ मा प्रकाशित






























