back
CTIZAN AD

याङदी र देवलाल पहिलो

वि.सं.२०७९ असार २५ शनिवार

819 

shares

काठमाडौं । देवलाल महर्जन र याङदी लामा शेर्पा बुद्धवीर लामा ११ औं गीतिमय साँझको सफलताका लागि आयोजित ५ किलोमिटर शुभकामना दौडमा शनिबार पहिलो भएका छन् । देवलाल पुरुष र याङदी महिलामा पहिलो भएका हुन् ।

देवलालले निर्धारित दूरी २३ मिनेट ५३ सेकेन्डमा पूरा गरे । राजु महर्जन दोश्रो तथा बुलाल महर्जन तेश्रो भए । तीन पटककी एभरेष्ट म्यारथन विजेता याङदीले ३२ मिनेट ११ सेकेन्ड समय खर्चिन् । सुनिता योञ्जन लामा दोश्रो तथा सीता रिमाल तेश्रो बने ।

विजेतालाई ज्ञानोदय बालवाटिका माविकी संस्थापिका इन्दिरा याक्थुम्बाले एक कार्यक्रमबीच पुरस्कृत गरिन् । सो अवसरमा भेट्रान धावकद्वय पुष्पलाल श्रेष्ठ र लाक्पा शेर्पा लामालाई सम्मान गरिएको थियो । प्रयास मञ्च नेपालको आयोजनामा भएको दौड त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हाताबाट सुरु भएको दौड विभिन्न भागको परिक्रमा गरी पुनः राखेप मै आएर टुंगिएको थियो । दौडमा १ सय सहभागी थिए ।

No description available.

दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धर, पूर्व धावक एवं गीतकार बुद्धवीर लामा, विश्वको चर्चित मानिने बोस्टन र बर्लिन म्याराथन दौडिसकेका धर्म महर्जन, पूर्व धावक शम्भु दाहाल, एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीलगायत दौडेका थिए ।

पूर्व धावक एवं गीतकार बुद्धवीर लामाको नाममा इलाममा हुने बुद्धवीर लामा सूर्योदय पर्यटन हाफ म्यारथनको सहयोगार्थ बुद्धवीर लामा ११ औं गीतिमय साँझ भदौ ११ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने बताइएको छ ।

वि.सं.२०७९ असार २५ शनिवार १०:३८ मा प्रकाशित

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...