back
CTIZAN AD

राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन

वि.सं.२०७९ असार २५ शनिवार

774 

shares

बैतडी । जिल्ला कारागार बैतडीका कैन्दीबन्दीको कारागारमै राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको छ । शुक्रबार गरिएको विवरण सङ्कलन कार्यमा कारागारमा रहेका १७ कैदीबन्दी र एक सुरक्षाकर्मीको परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको कम्प्युटर प्राविधिक बालकृष्णप्रसाद भट्टले जानकारी दिए ।

कारागारभित्रै ८७ कैदीबन्दी रहेका भएपनि सबैसँग आवश्यक कागजात नरहेको तथा कसैले पहिला नै बनाएकाले १७ जनाको मात्रै विवरण सङ्कलन गरिएको जनाइएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गरेको परिपत्रअनुसार नै कारागारभित्रै कैदीबन्दीको विवरण सङ्कलन गरिएको हो ।

कैदीबन्दीलाई बाहिर ल्याउँदा सुरक्षा चुनौती हुने भएकोले कारागारभित्रै टोली एर विवरण सङ्कलनको काम गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
बैतडीमा विसं २०७७ असोज पहिलो सातादेखि राष्ट्रिय परिचय पत्र विवरण सङ्कलनको काम शुरु भएकोमा हालसम्म ८३ हजार ३८३ जनाको विवरण सङ्कलन भइसकेको छ ।

सुरुमा जिल्ला प्रशासन कार्यालयमा विवरण सङ्कलनको काम भएको थियो भने हाल अभियानकै रुपमा वडास्तरमै उक्त कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

वि.सं.२०७९ असार २५ शनिवार ११:२५ मा प्रकाशित

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

बाह्र लाख ९८ हजार राजस्व सङ्कलन

सुदूरपश्चिम । बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी...

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

कञ्चनपुरमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर । समाजमा बढ्दो लागुऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर...

बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण

बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण

बाजुरा । अविरल वर्षासँगै आएको पहिरोका कारण बाजुराको बडिमालिका नगरपालिका–९...