Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपालमा किन बढ्दैछ चिनियाँ सक्रियता ?



काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् । आठ सदस्यीय टोलीसहित काठमाडौं ओर्लिएका लिउले नेपालमा चार दिन बिताउने छन् ।

काठमाडौं रहँदा लिउले परराष्ट्रमन्त्री नारायण खड्कादेखि प्रधानमन्त्री, राष्ट्रपतिसम्मलाई भेट्ने कार्यक्रम छ । उनले मुख्यतः एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विशेष भेटवार्ता गर्नेछन् । सोमबार प्रचण्डसँग र मंगलबार ओलीसँग उनीहरुकै निवासमा पुगेर भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

केही दिन अघिमात्रै विदेश विभाग प्रमुख लिउ र उपप्रमुख चेन झोउले कांग्रेस, एमाले र माओवादीका नेताहरुसँग बेइजिङबाटै भर्चूअल संवाद पनि गरेका थिए । लिउको टोलीले असार ९ मा माओवादी अध्यक्ष प्रचण्ड र असार १० मा एमाले अध्यक्ष ओलीसँग बेग्ला–बेग्लै संवाद पनि गरेका थिए । त्यसबीचमा असार १६ मा झोउले कांग्रेस नेता एवम् परराष्ट्रमन्त्री नारायण खड्कासँग छलफल गरेका थिए ।

चिनियाँ विदेशमन्त्री वाङ यीले गत चैतमा नेपालको भ्रमण गरेका थिए । वाङ यीको भ्रमण पछिको यो उच्च तहको भ्रमण हो ।

देउवासँगकाे भेटवार्तामा चिनियाँ विदेशमन्त्री वाङ यी ।

चिनियाँ शीर्ष नेताहरुको भ्रमणको अर्थ

चिनियाँ पक्षले विरोध गर्दै आएको अमेरिकी सहयोग परियोजना (एमसीसी) विवादकै बीच नेपालको संसदले ०७८ फागुन १५ मा पारित गरेको थियो । ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित गरिएपछि चिनियाँ विदेश मन्त्रालयले “हामीले यसलाई नोट गरेका छौं” भन्ने प्रतिक्रिया दिएको थियो ।

एमसीसी पारित लगत्तै चैत १० मा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको भ्रमण गरेका थिए । तीन दिने नेपाल भ्रमणको क्रममा विदेशमन्त्री वाङ यीले नेपालसँग देखिने गरि विभिन्न ९ वटा सम्झौतामा हस्ताक्षर पनि गरेका थिए । सम्झौतामा हस्ताक्षर भएका विषयहरु महत्वपूर्णं नभएपनि उनको भ्रमणलाई कुटनीतिकरुपमा अर्थपूर्णं शैलीमा चर्चा गरिएको छ ।

त्यसयता नेपालमा अमेरिकाको गतिविधि ह्वात्तै बढेको छ । एमसीसी पछि नेपाली राजनीति अमेरिकी सैन्य साझेदारी कार्यक्रम एसपीपीले तरंगीत छ । नेपाललाई अमेरिकी सैन्य गठबन्धनमा जोड्ने एसपीपी चर्को विरोधका बाबजुत सरकारले फिर्ताको निर्णय गरेको भएपनि व्यवहारमा गरेकाे छैन । अमेरिकाले एसपीपीसँगै अन्य सम्झौताहरु पनि गराउने च्याँखे थापिरहेको देखिन्छ ।

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ पनि अमेरिकी बढ्दो गतिविधिबाट चीन सशंकीत रहेको बताउँछन् । उनका अनुसार चिनियाँ पक्षको भ्रमण पनि देखिएका आशंकाहरु मेटाउने प्रर्यत्नमा केन्द्रीत छन् । “अमेरिकाले एमसीसी पछि एसपीपी हुँदै नेपाललाई आफ्नो सैन्य गठबन्धनमा नै आबद्ध गराउने चेष्टा गरिरहेको छ, खुलेआम रुपमा अमेरिकी बढ्दो गतिविधिलाई चीनले नजरअन्दाज गरेर बस्ने विषय रहेन”, श्रेष्ठले भनेका छन्, “मेरो बुझाइमा उनीहरु नेपालको नीतिप्रति स्पष्ट हुन आएका हुन् ।”

नेपालको भूमि प्रयोग गरेर चीनमाथि हस्तक्षेप गर्ने अवस्था आउनसक्ने देखिएपछि उनीहरु नेपाल आएको परराष्ट्रविद् श्रेष्ठको भनाई छ । “नेपाल एक चीन नीतिप्रति अडिग रहोस् भन्ने उनीहरुको चाहना छ, नेपालको भूमि प्रयोग गरेर चीनमा हस्तक्षेप निम्त्याउने काम नहोस् भन्नका लागि उनीहरु आएका हुन्”, श्रेष्ठले भनेका छन ।

परराष्ट्रविद् श्रेष्ठका अनुसार नेपाल पश्चिमी खेमामा गएको भन्ने आशंका चिनियाँलाई छ ।

गत चैत्रमा प्रचण्ड र ओलीसँग चिनियाँ विदेशमन्त्री वाङ यीले  गरेकाे भेटवार्ता ।

कम्युनिष्टहरुलाई मिलाउने प्रयास पनि

०७४ को आम निर्वाचनको पूर्वसन्ध्यामा चिनियाँ सक्रियता ह्वात्तै बढेको थियो । निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन हुनु र निर्वाचन लगत्तै पार्टी एकता हुनुका पछाडि पनि चिनियाँ पक्षले निकै सहयोग गरेको देखिन्थ्यो । तर, चिनियाँ पक्षको सद्भावकै बीच पनि एमाले र माओवादीबीचको एकता कायम रहन सकेन् । नेपालमा अनौठो रुपमा वाम शक्ति कमजोर बन्यो । दुई तिहाई बहुमत भएको वाम शक्तिलाई पन्छाउँदै कांग्रेस सत्ताको नेतृत्वमा पुग्यो ।

अहिले चिनियाँ पक्ष पाँच वर्ष पहिला झैं सक्रिय हुन खोजेको त होइन भन्ने प्रश्न पनि उब्जिएको छ । एमाले र माओवादी नेताहरुसँगको लगातारको भर्चूअल संवाद र संवाद पछिको भ्रमणले पनि सोही दिशातिर संकेत गरेको छ । चिनियाँ पक्षले नेपालमा ओली र प्रचण्डसँग विशेष भेटवार्ता पनि गर्दैछन् । जसको अर्थ कम्युनिष्ट मिलाउने ढंगबाट गरिन खोजिएको धेरैको बुझाई छ ।

परराष्ट्रविद् श्रेष्ठ पनि सत्तामा कांग्रेसको उदयसँगै चीन आशंकित भएको बताउँछन् । उनका अनुसार उनीहरु एक चीन नीतिका निम्ति पनि वामपन्थीहरुप्रति बढी नै सद्भाव देखाइरहेका छन् । “कांग्रेसको उदयसँगै नेपाल कतै पश्चिमी खेमामा त पुगेको होइन भन्ने आशंका चिनियाँ पक्षमा देखिन्छ, उनीहरु वामपन्थी एक भए सजिलो हुन्थ्यो कि भन्ने बुझाइमा भने रहेको छ”, श्रेष्ठले भनेका छन् ।

एमालेको विदेश विभाग प्रमुख डा. राजन भट्टराई पनि नेपालका वाम शक्तिहरुप्रति चिनियाँ सद्भाव रहेको बताउँछन् । तर, चिनियाँ सद्भावभन्दा आन्तरिक विषय महत्वपूर्णं हुने उनको भनाई छ । “शीर्ष नेताहरुसँग बेग्ला–बेग्लै भेट गर्ने विषय स्वभाविक हो, यो अन्तराष्ट्रिय प्रचलन पनि हो”, भट्टराईले भनेका छन्, “ओली र प्रचण्डलाई बेग्ला–बेग्लै भेट्दै गर्दा वामपन्थीहरु मिलाउन खोजेको भन्ने बुझाई सही छैन, उहाँहरुले सद्भाव देखाउँदै आएको भएपनि एकता वा विभाजन आन्तरिक कुरा हुन् ।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी)ले सञ्‍चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५ः३०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा

बैतडी । बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको