back
CTIZAN AD

एमाले नेताहरु भन्छन्–छानविन कार्यदलको निष्कर्ष नआउँदासम्म बजेट कार्यान्वयन हुन्न

वि.सं.२०७९ असार २८ मंगलवार

759 

shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णु पौडेलले यतिबेला मुलुक बजेट बिहिन अवस्थामा पुगेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले बजेटको निर्माण प्रक्रियामा नै प्रश्न उठेर छानबिन कार्यदल बनेको अवस्थामा बजेट कसरी कार्यान्वयन हुन्छ भन्दै प्रश्न गरेका थिए ।

‘हो सदनले नै बजेट पास गरेको हो तर बजेट बनाउने प्रक्रियामा जे जस्ता अवैधानिक पात्रको सहभागिता भयो, अपराधकर्म भयो त्यसको कार्यदल नै स्वयं सदनले बनाएको छ । त्यसैले त्यो कार्यदलको निश्कर्ष नआउँदा बजेट कार्यान्वयन हुनसक्दैन,’ उनले भने ।

त्यस्तै एमाले नेता तथा पूर्व अर्थमन्त्री यूवराज खतिवडाले अहिलेको सरकारले ल्याएको बजेट कुनै हालतमा कार्यान्वयन हुन दिन नहुने बताएका छन् ।

‘अहिलेको बजेट पास नै गर्न हुुँदैनथ्यो, अब यसलाई कुनै हालतमा कार्यान्वयन गर्न दिनुहुँदैन’ उनले भने, ‘८ प्रतिशत आर्थिक वृद्धिको लागि निजी क्षेत्रले मात्रै १५ खर्ब भन्दा धेरैको लगानी गर्नुपर्छ, बैंकिङ क्षेत्रमा अहिले लगानी गर्ने रकम खर्ब होइन अर्बमा पनि छैन् ।’

देशमा आर्थिक वृद्धिको लागी गरिने लगानीको ७५ प्रतिशत हिस्सा निजी क्षेत्रबाट आउने बताउँदै उनले अहिलेको अवस्थामा त्यो सम्भव नभएको बताए ।

अहिले बैंकहरु ऋण दिन सक्षम नभएको तर, ऋण दियो भनेपनि व्यापार घाटा थप बढ्ने स्थिति रहेको उनको भनाई थियो । आर्थिक वृद्धिदरअनुसारको ऋण प्रवाह गरेमा भुक्तानी सन्तुलन ३ अर्ब नाघ्ने बताउदै अहिलेको बजेटमा जनअनुमोदित एजेण्डा नभएको र कुनैपनि पार्टीले घोषणापत्रमा शमावेश गरेको कुरा नभएको खतिवडाले बताए ।
‘कुन पार्टीले आफ्नो घोषणापत्रमा वृद्धभत्तालाई ६८ वर्षको उमेर कायम गर्ने भनेको थियो र अनुमोदित भएको थियो भने त हामी सबैले स्वीकार गर्थ्यौं नी’, खतिवडाले भने ।

ठुला राजनीतिक पार्टीहरुले बजेट बनाउँदा लामो समयसम्म कार्यान्वयन गर्न सकिने प्रकारको बनाउनुपर्ने भन्दै खतिवडाले अहिलेको बजेट हुवहु कार्यान्वयन गर्ने प्रकारको नभएको बताएका थिए ।

पूर्वअर्थमन्त्री समेत रहेका खतिवडाले निर्वाचन गराउनुपर्ने र जनताबाट म्यान्डेट लिएर नआएको सरकारले ल्याएको बजेट सबैले कार्यान्वयन गर्नुपर्ने कुरा नहुने बताए । उनले भने, ‘यो बजेटले त हाम्रो साख विगारेको छ, भारतीय मिडिया हेर्नुभो भने तपाईंहरुले के देख्नुहुन्छ ? नेपाल खत्तम भो, श्रीलंका खत्तम भो, पाकिस्तान खत्तम भो, साख त बिग्र्यो नी ।’

बजेटमा भएका कमजोरीलाई सच्याउनुपर्ने खतिवडाले बताए । उनका अनुसार अहिलेको बजेटमा धेरै अनियमितताका विषयहरु जोडिएका छन् । उनले भने, ‘यो बजेटमा भएका अंकहरु र करमा भएका व्यवस्थाहरु पालना गर्ने हो भने अर्थतन्त्र संकटको ठाउँमा पुग्छ ।’ बजेटमा फोर्स करेक्सन जरुरी भएको उनले बताए ।

वि.सं.२०७९ असार २८ मंगलवार ०८:३१ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...