काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमी नोट ११ सिरिज अन्तर्गत रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो फाइभजीको कुनै पनि भेरिएन्ट र शाओमी १२ सिरिज अन्तर्गत शाओमी १२ र शाओमी १२ एक्स ८ जीबी.२५६ जीबी खरिद गर्ने उपभोक्ताहरुलाई लक्षित गरेर आकर्षक मनसुन अफर सार्वजनिक गरेको छ ।
सो अफर अन्तर्गत उक्त मोडलका फोनहरु किन्न चाहने उपभोक्ताले रेडमी इयरफोन र मी नेक्ब्यान्ड ब्लुटुथ प्रोको खरिदमा आकर्षक छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।
यस अफरअन्तर्गत शाओमीले रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो फाइभजीको कुनै पनि भेरिएन्ट खरिद गर्ने उपभोक्ताका लागि मात्र १९९ मा रेडमी इयरफोन किन्न सक्ने व्यवस्था गरेको छ । त्यस्तै ८ जीबी\२५६ जीबीको शाओमी १२ र शाओमी १२ एक्सको खरिदमा उपभोक्ताले मी नेकब्यान्ड ब्लुटुथ प्रो मात्र १४९९ मा पाउन सक्ने कम्पनीले जनाएको छ ।
वि.सं.२०७९ असार २९ बुधवार ०८:५९ मा प्रकाशित






























