back
CTIZAN AD

सामुदायिक विद्यालयको शिक्षाको स्तर उकास्न महानगर लागिपरिरहेको

वि.सं.२०७९ असार २९ बुधवार

777 

shares

चितवन । भरतपुर महानगरपालिकाले दुई सामुदायिक विद्यालयलाई बस वितरण गरेको छ । वडा नं १६ को ढड्ढाघारी माध्यमिक विद्यालय र वडा २८ को साझापुर माध्यमिक विद्यालयलाई बस उपलब्ध गराइएको हो ।

महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा भरतपुरका विभिन्न पाँच विद्यालयलाई बस उपलब्ध गराएको थियो । प्रति बसको मूल्य रु २१ लाख ४५ हजार रहेको छ । विद्यालयबाट टाढा रहेका विद्यार्थीका लागि बस प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक विद्यालयको शिक्षाको स्तर उकास्न महानगर लागिपरेको बताइन् । उनले महानगरको शिक्षा क्षेत्रमा आफूले सोचेको भन्दा बढी विकास भएको बताइन् । उनले भनिन, “विगत पाँच वर्षमा लक्ष्यभन्दा बढी शिक्षामा विकास भएको छ ।”

सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि महानगरले विभिन्न कार्यक्रम गरी सामुदायिक विद्यालयतर्फ आकर्षण बढाउन काम गरिरहेको छ । दाहालले भनिन, “पाँच वर्षमा सामुदायिक विद्यालयमा सात हजार विद्यार्थी बढेका छन् ।” विद्यालयमा आधुनिक भवन निर्माण, छात्रालाई साइकल वितरण, विद्यालयलाई बस, गरिब विद्यार्थीलाई न्यानो कपडा वितरणलगायत गरेको उनकोे भनाइ छ । महानगरपालिकाले ‘एक वडा, एक नमूना विद्यालय’ निर्माणको लक्ष्य लिएको छ ।

 

वि.सं.२०७९ असार २९ बुधवार १२:४३ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...