back
CTIZAN AD

गर्भनरले मुलुक श्रीलंकातर्फ जाँदैछ भनेर आतंक फैलाएको कांग्रेसको आरोप

वि.सं.२०७९ असार २९ बुधवार

900 

shares

काठमाडौं । नेपाली कांग्रेसले मुलुक श्रीलंकातर्फ जाँदै गरेको भनेर गर्भनरले नै नागरिकमा आतंक फैलाएको आरोप लगाएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद मिन बहादुर विश्वकर्माले नेपालको आर्थिक अवस्था जटिल बन्दैछ भनेर नागरिक तथा अर्थविद्ले नभइ जसले देशको अर्थतन्त्रको जिम्मा लिएको छ गर्भनर आफैले देश श्रीलंकाको बाटोतर्फ गइरहेको भन्दै आतंक फैलाइएको आरोप लगाएका छन् ।

गर्भनर जस्तो जिम्मेवार व्यक्तिले सरकारलाई सहयोग गर्नुुपर्ने बेलामा निरन्तर यो देश श्रीलंका हुन्छ । टाट पल्टिन्छ भनेर रियल स्टेट कारोबारीहरुलाई निशेध गर्ने र निजी क्षेत्रलाई हतोत्साही गर्ने सेयर मार्केटमा निशेध र बन्दको कुरा गरेर सेयर ४० लाख जनतालाई हतोत्साही र अत्याउने काम भइरहेको छ यो बन्द गरिनुपर्छ ।’ सांसद विश्वकर्माले भने ।

उनले यस्तो कार्य बन्द नगरिएमा देशका धेरै जनताले यसविरुद्ध आवाज उठाउनुपर्ने अवस्था आउने र सम्बन्धीत व्यक्तिलाई कारबाही गनुपर्ने अवस्था आउने बताए ।

‘राष्ट्र बैंकको गर्भनर जस्तो जिम्मेवार व्यक्तिलाई यस्तो नर्गन, नगराउन, नबोल्न र नागरिकहरुलाई आतंकित नगराउन भन्दै सभामुखद्धारा रुलिङ हुनुपर्छ ।’

सांसद विश्वकर्माले मित्रराष्ट्र श्रीलंकालाई अप्ठेरो परेका बेला हाम्रो देशका नेता तथा मन्त्रीहरुले गिज्याउनु उपर्युक्त नभएको र अमर्यादित तथा अपमान हुने भएकोले यस्तो कुरा बन्द गर्नुपर्ने बताएका छन् ।

वि.सं.२०७९ असार २९ बुधवार १४:१८ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...