काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज सार्वजनिक गरेको एक दिवसीय नयाँ वरियतामा नेपाल यथावत् रहेको छ । आइसिसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १९औं स्थानमा यथावत् रहेको हो ।
अघिल्लो वरियतामा पनि नेपाल १९औं स्थानमा रहेको थियो । एकदिवसीय वरियतामा न्युजिल्यान्ड शीर्ष स्थानमा रहेको छ भने इङल्यान्ड दोस्रो तथा भारत तेस्रो स्थानमा छ ।
त्यसैगरी पाकिस्तान चौथो स्थानमा छ भने अष्ट्रेलिया पाँचौँ स्थानमा रहेको छ । दक्षिण अफ्रिका छैठौँ, बङ्गलादेश सातौँ, श्रीलङ्का आठौँ,वेष्ट इन्डिज नवौँ र अफगानिस्थान दसौँ स्थानमा छन् ।
वि.सं.२०७९ असार २९ बुधवार १४:१८ मा प्रकाशित






























