back
CTIZAN AD

प्रतिनिधिसभामा पेश भयो नागरिकता विधेयक

वि.सं.२०७९ असार २९ बुधवार

726 

shares

काठमाडौँ । सरकारले ल्याएको नागरिकता ऐन संशोधनसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट अगाडि बढेको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद डा भीमबहादुर रावल, शेरबहादुर तामाङ र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दर्ता गराएको विरोधको सूचनालाई प्रतिनिधिसभाको बहुमतले अस्वीकृत गरेपछि मन्त्री खाणले नागरिकता ऐन संशोधन विधेयक पेस गरेका हुन्

विधेयकको विरोध गर्नुपर्ने कारणबारे बोल्दै सांसद रावलले राज्य व्यवस्था समितिले तीन वर्ष छलफल गरेर प्रतिवेदन पेस गरिसकेको अवस्थामा उक्त विधेयक फिर्ता लिएर अर्को नयाँ विधेयक ल्याइनु समितिकै अवहेलना भएको दाबी गरे ।
अर्का सांसद तामाङले लैङ्गिक पहिचानसहित आमा वा बाबुका नामबाट नागरिकता प्राप्त गर्ने मर्म विपरीत विधेयक आएको भन्दै असहमति जनाए ।

उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधमाथि सङ्क्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाणले संविधानको प्रावधानबमोजिम नागरिकताविहीन नागरिकलाई नागरिकता सुनिश्चित गर्ने उद्देश्यले विधेयक ल्याइएको बताए ।

उनले पछिल्लो पटक नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा लामो छलफलपछि प्रतिवेदनसहित आएको र उक्त विधेकलाई अघि बढाउने तथा कानुन बनाएर सहमतिबाट पारित गर्ने वातावरण बनाउन प्रयत्न गरिए पनि त्यो नभएपछि विधेयक फिर्ता भएको स्पष्ट पारे ।

गृहमन्त्री खाणले नेपाली नागरिकता नपाएर नै असहज जीवन जिउन बाध्य भएका नागरिकलाई संविधानको प्रावधानबमोजिम नागरिकता प्रदान गर्न सरकारले विधेयक अघि बढाएको जानकारी दिए । उनले भने, “संविधानको मूल प्रावधानअनुरुप नै बाबुआमा नेपाली नागरिक भए पनि सन्तानलाई नागरिकता दिन सकिएन, त्यो सङ्ख्या लाखौँ रहेको छ, जसले उनीहरुको शिक्षा, दीक्षा र व्यवसायमा असर परिरहेको छ, त्यसैले विधेयकलाई चाडो पारित गरेर कानुन बनाएर कार्यान्वयनमा लैजाने वातावरण बनाउन सहयोग गर्न आग्रह गर्दछु ।”

मन्त्री खाणले विधेयकलाई अगाडि बढाइसकेपछि दफाबार छलफल हुने भएकाले यसलाई परिस्कृत विधेयकका रुपमा अघि बढाइने विश्वास व्यक्त गरे ।

वि.सं.२०७९ असार २९ बुधवार १५:२० मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...