back
CTIZAN AD

महाप्रसादलाई तत्काल पद छाड्न नारायणकाजीको आग्रह

वि.सं.२०७९ असार ३० बिहीवार

765 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता एवम् राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई तत्काल पद छाड्न आग्रह गरेका छन् । बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै नेता श्रेष्ठले यस्तो आग्रह गरेका हुन् ।

महाप्रसादको राजनीतिक संलग्लतादेखि शैक्षिक योग्यताकै विषयमा गम्भीर प्रश्नहरु उठेको श्रेष्ठको भनाई छ । उठेका प्रश्नमा एमाले र महाप्रसाद दुवैले खण्डन गर्न नसकेको भन्दै राजीनामा दिनुको विकल्प नरहेको उनले बताए ।

“एमाले वा गर्भनर अधिकारीले विश्वसनीय ढंगले खण्डन गर्नुभएको छैन । गर्न सक्ने स्थिति पनि होला नहोला”, श्रेष्ठले भनेका छन् , “यस्तो अवस्थामा उहाँ बसिरहन मिल्छ कि मिल्दैन ? कि त होइन भन्ने पुष्टि गर्ने आधिकारिक कागजात चाहियो होइन भने विवाद भयो अन्योल भयो भन्नेमात्र तर्क गरेर भएन, राजीनामा गर्नु र पद छोड्नुपर्छ ।”

हरेक क्षेत्रमा ढाँट्ने र छल्ने प्रवृत्ति मौलाएको भन्दै नेता श्रेष्ठले सरकारले तत्काल गम्भीर भएर छानबिन गर्नुपर्ने बताए ।

वि.सं.२०७९ असार ३० बिहीवार १२:५६ मा प्रकाशित

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम । गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस...

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

काभ्रेपलाञ्चोक। मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए राति...

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

बाँझो जमिनमा स्याउखेती  २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती  २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी जमिनमा...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...