काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का भएको छ । सगरमाथा र लुम्बिनी इन्स्योरेन्स कम्पनीएकआपसमा गाभिने सम्झौता पछि शेयर कारोबार रोक्का भएको हो ।
शेयर कारोबार रोकिएसँगै सगरमाथाको अन्तिम कारोबार मूल्य ८७० रुपैयाँ छ भने लुम्बिनी जनरलको ३८२ रुपैयाँमा कारोबार रोकिएको हो ।
असार २९ गते बसेको समितिको बैठकले मर्जरमा जाने निर्णय गरेको थियो । जसमा बुधबार यी दुई कम्पनी एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।
उक्त सहमतिपत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट अध्यक्ष लोकमान्य गोल्छा र लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट अध्यक्ष अरुण राज श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
बराबरी हैसियतमा मर्जरमा जान लागेका कम्पनीले यति बेला स्वाप रेसियो तय गरेका छैनन् । बीमा समितिले गएको चैत्र १० गते निर्जीवन बीमा कम्पनीहरुलाई चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउन निर्देशन दिएको थियो । जस अनुसार बीमा कम्पनीहरु धमाधम मर्जरमा जान थालेपछि शेयर कारोबार रोक्का हुन थालेको छ ।
सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच मर्जर सम्झौता
वि.सं.२०७९ असार ३० बिहीवार १३:१४ मा प्रकाशित



























