काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले चिनियाँ नेता लीउको विदाई गरेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय सम्पर्क विभागका प्रमुख लीउ जिनचाओ सहितको टोलीलाई वरिष्ठ नेता श्रेष्ठसहित नेपाली कांग्रेसका डा. दिनेश भट्टराई र नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेर विदाइ गरेका थिए ।
‘नेपालले कठिनाइको सामना गर्नुपर्ने अवस्थामा हिमालयको अर्को छेउमा चिनियाँ दाजुभाइ छन् भनेर विश्वास गर्न म नेपाली जनतालाई आग्रह गर्दछु ।’ भनेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका नेता लीउले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, केपी शर्मा ओली, माधव नेपाल र झलनाथ खनाल लगायतलाई भेटेका थिए ।
भक्तपुुर पुगेर नारायणमान विजुक्छेसँग विशेष भेट गरेका उनले नेकपा माओवादी केन्द्रको काठमाडौं जिल्ला पार्टीसँग ‘स्थानीय पार्टी प्रणाली’ बारे अन्तरक्रिया समेत गरेका थिए ।
वि.सं.२०७९ असार ३० बिहीवार १३:५२ मा प्रकाशित






























