back
CTIZAN AD

बहुवर्षीय योजना अन्तर्गतका छ आयोजना सम्पन्न

वि.सं.२०७९ असार ३० बिहीवार

669 

shares

हेटौँडा । बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले बहुवर्षीय योजना अन्तर्गत ठेक्का खुलाएर निर्माण सम्पन्न गरेको ६ आयोजनाको निर्माण सम्पन्न भएको जनाएको छ । रु ६५ करोड ४७ लाख ६७ हजार २३५ को लागतमा प्रदेशको १ वटा पक्की पुल, ४ वटा झोलुङ्गे पुल र १५.५ किलोमिटर सडकखण्डको निर्माण सम्पन्न भएको हो ।

हेटौँडाको राप्ती नदीमा हेटौँडा ११ र १२ नम्बर वडा जोड्ने पुल समयभन्दा तीन महिना अगाडि नै निर्मण सम्पन्न भएर सञ्चालनमा आएको छ । उक्त पुल २७ करोड ४६ लाख २० अजार २३३ रुपैयाँको लागतमा सम्पन्न भएको निर्देशनालयले जनाएको छ ।

यसैगरी मकवानपुरकै भीमफेदी कुलेखानी १५.५ किलोमिटर सडक खण्ड पनि निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । उक्त सडक खण्डको लागत रकम रु ३५ करोड ३० लाख ६१ हजार ७८७ रहेको निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले जानकारी दिए ।

यसैगरी निर्देशनालयले ४ वटा झोलुङ्गे पुलको पनि निर्माण सम्पन्न गरेको छ । नुवाकोटको बेसीकठेरीमा तादी पाँच र पञ्चकन्या दुई जोड्ने झोलुङगे पुलको लागत एक करोड ५० लाख ७७ हजार ५८२ रहेको प्रवक्ता ओझाले जनाए । यस्तै नुवाकोटकै टुप्तेश्वर ३ र ४ जोड्ने बिमिरे माझगाऊँ झोलुङगे पुल रु ६४ लाख ८३ हजार १९० मा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको उनले बताए ।

मकवानपुरको भीमफेदी ८ ईपा खोलामा रु ७६ लाख ३५ हजार ३११ को लागतमा झोलुङगे पुल निर्माण सम्पन्न भएको उनकोे भनाइ छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका– ३ मा रु ५५ लाख २४ हजार ४४३ को लागतमा झोलुङगे पुल निर्माण सम्पन्न भएर प्रयोगमा आएको प्रवक्ता ओझाले जानकारी दिए ।

 

वि.सं.२०७९ असार ३० बिहीवार १५:४५ मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...