back
CTIZAN AD

बुटवलको एक होटलमा युवतीको मृत्यु प्रकरण : होटल संचालकसहित दुई पक्राउ

वि.सं.२०७९ असार ३० बिहीवार

1K 

shares

बुटवल । बुटवलको एक होटलमा मृत भेटिएकी युवतीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

बुटवलको गोलपार्कस्थित होटल पाल्पालीमा एक युवकसँगै बास बसेकी समिक्षा गुरुङ नामकी २१ वर्षीय युवतीको मृत्यु प्रकरणमा किशोरीसँगै होटलमा बसेका बुटवल उपमहानगरपालिका ३ का २० वर्षीय असिम श्रेष्ठ र होटल संचालक ४५ वर्षीय रामप्रसाल अर्याललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीका अनुसार असार २५ गते राति सोहि होटलको १०५ नम्बरको कोठामा तन्नाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी गुरुङको फोन, म्यासेज लगायतका अनुसन्धानका क्रममा श्रेष्ठ किशोरीसँगै होटलमा गएको स्वीकारेको

शुक्रबार राति उक्त होटलमा बसेका श्रेष्ठ र गुरुङमध्ये शनिबार बिहान श्रेष्ठले होटलको बिल तिरेर बाहिर निस्किएका थिए भने गुरुङ तन्नाको पासो लगाएको अवस्थामा कोठामै मृत फेला परेकी थिइन् ।

त्यसैगरी होटल संचालक अर्यालविरुद्ध किशोरीका बुवा सन्दीप गुरुङले प्रहरीमा जाहेरी दिएपछि उनलाई पनि पक्राउ गरिएको हो । किशोरीका वुवाले दिएको जाहेरीमा जबरजस्ती करणी गरी आत्महत्या दुरुत्साहन कसुर गरेको उल्लेख छ ।

 

वि.सं.२०७९ असार ३० बिहीवार १५:५५ मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...