back
CTIZAN AD

आज कोरोनाबाट थप २६० संक्रमित, सक्रिय संक्रमितको संख्या एघार सय नाघ्यो

वि.सं.२०७९ असार ३० बिहीवार

816 

shares

काठमाडौं । नेपालमा केही दिनयता कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८४४ नमुना परीक्षणमा २६० जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका २६० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ८० हजार ९८१ पुगेको छ ।

त्यसैगरी आज ४८ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै नेपालमा हालसम्म कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ६७ हजार ८५८ रहेको छ ।

त्यस्तै कूल संक्रमित मध्ये हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेको छ ।

मन्त्रालयका अनुसार हाल ११७१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

ती मध्ये ११४८ जना होम आइसोलेशनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा २३, आइसीयुमा १४ र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । केही दिनयता आइसीयुमा उपचार गराउनेको संख्या पनि बढेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ७२ हजार ३२० मात्रा कोरोना विरुद्धको खोप लगाइएको छ ।

२४ घण्टामा थपिए २०६ कोरोना संक्रमित

वि.सं.२०७९ असार ३० बिहीवार १६:१५ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...