Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

महाप्रसादलाई जोगाउने एमालेको ‘धुर्त्याइँ खेल’



काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी विवादका घेरामा छन् । उनीमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग चौतर्फीरूपमा उठिरहेको छ । एमालेको अर्थ विभागमा भएको नियुक्ती पछि उनी विवादको घेरामा तानिएका हुन् ।

तर, गम्भीररूपमा विवादमा तानिएका अधिकारीलाई बचाउन उनी सम्बद्ध पार्टी एमालेले भने निकै ‘धुर्त्याइँ खेल’ खेलेको छ । एमालेले विवादमा तानिएको धेरै पछि अधिकारीलाई लेखेको पत्र सार्वजनिक गर्दै आफ्नो कमिटीमा नरहेको ‘अस्पष्ट’ स्पष्टीकरण दिएको छ । एमालेले अधिकारीलाई जोगाउन सार्वजनिक खपतका लागि पत्र सार्वजनिक गराएको भएपनि ‘एम. अधिकारी’ को हुन् भन्ने विषयमा भने अझै पनि धुत्र्याइँपूर्णं मौनता साँधेको छ ।

“महाप्रसादले लेखेको पत्रको जवाफ” भनेर एमालेको केन्द्रीय कार्यालयले सार्वजनिक गराएको पत्रमा “एम. अधिकारी खोटाङ भनी उल्लेखित व्यक्ति तपाईँ राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको व्यहोरा स्पष्ट गर्दछौं”, भनि लेखे पनि को हुन् एम. अधिकारी ? बताइएको छैन् । एमालेले सबैभन्दा बढी प्रश्न उब्जीएको ‘एम. अधिकारी’बारे मौनता साँध्दै महाप्रसाद अधिकारीलाई चोख्याउने गलत खेल खेलेको स्पष्ट हुन्छ ।

No description available.

पटक–पटक किन झुकिन्छ एमाले ?

लामो समय अधिकारीमाथिको विवादबारे मौनता साँधेको एमालेले बिहीबार केही सञ्चारमाध्यमलाई प्रयोग गरेर विवादबाट चोख्याउने गरि पत्र सार्वजनिक गराएको थियो । अधिकारीले पठाएको निवेदन पत्र र उनलाई फर्काएको जवाफ भनेर एमालेले पत्र सार्वजनिक गराएको थियो ।

सँगै एमालेले ०७३ सालमा पनि यसैगरि पत्र आदान–प्रदान गरिएको पत्र सार्वजनिक गराएको छ । तत्कालिन समय “भूलबस नाम परेको” भन्ने जवाफ अधिकारीलाई पठाएको एमालेको पत्रमा उल्लेख छ ।

No description available.

तर, प्रश्न एमाले अधिकारीको विषय किन पटक–पटक झुकिन्छ ? स्पष्ट छ, यसअघिको पत्र र अहिलेको पत्र अधिकारीलाई चोख्याउने योजनामा सार्वजनिक गरिएका हुन् ।

एमाले खोटाङ जिल्ला कमिटीका एक नेताका अनुसार एम. अधिकारी र महाप्रसाद अधिकारी फरक व्यक्ति होइनन् ।

राजनीतिक आबद्धता मात्रै मुद्दा होइन

एमालेले चोख्याउन खोजेका अधिकारी राजनीतिक आबद्धताका आधारमा मात्रै विवादमा तानिएका व्यक्ति होइनन् । उनीमाथि शैक्षिकरूपमा पनि अयोग्यता भएको तथ्यहरु सार्वजनिक भएका छन् । स्नातकोत्तर नगरेका अधिकारी राजनीतिक पहूँचका आधारमा डेपुटी गभर्नर, लगानी बोर्डको सिइओ र गभर्नर पद हत्याउन सफल भएका थिए ।

गभर्नर बनेसँगै अधिकारीले अर्थ मन्त्रालयमा बुझाएको व्यक्तिगत विवरण (बायोडाटा)मा उनी स्नातक तह मात्रै उत्तिर्ण भएको उल्लेख छ । व्यक्तिगत विवरणमा सन् १९८९ मा काठमाडौंको मिनभवनस्थित नेपाल कमर्श क्याम्पसबाट उनी स्नातक तह उत्तिर्ण भएका थिए । नेपाल कर्मश क्याम्पसबाट स्नातक गरेका अधिकारीले सन् १९९३ मा भारतको एक कलेजबाट चाटर्ड एकान्टेन्ट (सिए) पास गरेका थिए । तर, सिए अध्ययनलाई त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको मान्यता दिएको छैन् ।

डेपुटी गभर्नर भइसकेका व्यक्तिलाई मन्त्रिपरिषद्ले गभर्नरमा सिफारिस गर्ने व्यवस्था राष्ट्र बैंकको ऐनमा छ । तर, उनको डेपुटी गभर्नर नियुक्तीमै कानून बाझिएको देखिन्छ ।

अर्कोतिर अर्थतन्त्र व्यवस्थाको महत्वपूर्णं जिम्मेवारीमा रहेका अधिकारीले पछिल्ला दिनमा दिएका अभिव्यक्ति पनि निकै गम्भीर प्रकृतिका छन् । उनले दिएको अभिव्यक्तिले “जनताका निकै ठूलो निराशा र आतंक सिर्जना गराएको” भन्दै केही सांसदले संसदमै छानबिनको माग पनि गरेका छन् । उनले “देशको आर्थिक अवस्था श्रीलंकाको जस्तो बनिसक्यो” भनेर दिएको अभिव्यक्ति पदीय जिम्मेवारीभन्दा बाहिरको छ । जुन अभिव्यक्तिकै आधारमा पनि उनीमाथि कारबाही आवश्यक देखिन्छ ।

सम्बन्धित समाचार

महाप्रसाद राष्ट्र बैंकका गभर्नर हुन् कि एमालेका नेता ?

महाप्रसादमाथि छानबिन गर्न संसदमा उठ्यो माग

सांसदहरु भन्छन् – अमूक पार्टीको सल्लाहकार भएर गभर्नरले अर्थतन्त्रमा आतंक सिर्जना गरे

गभर्नर हुन शैक्षिकरूपमा पनि महाप्रसाद अयोग्य

पूर्वगभर्नर क्षेत्रीको आशंका : महाप्रसादलाई एमालेले फसाएको त होइन ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी)ले सञ्‍चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५ः३०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा

बैतडी । बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको