back
CTIZAN AD

सांसदहरु भन्छन् – अमूक पार्टीको सल्लाहकार भएर गभर्नरले अर्थतन्त्रमा आतंक सिर्जना गरे

वि.सं.२०७९ असार २९ बुधवार

855 

shares

काठमाडौं । संसदमा गभर्नर महाप्रसाद अधिकारीको अभिव्यक्तिलाई लिएर कारबाही गर्न माग उठेको छ । अर्थतन्त्रको नेतृत्वमा बसेका अधिकारीले अर्थतन्त्र संकटमा पुगेको भन्ने अभिव्यत्ति दिएर आतंक सिर्जना गराएको भन्दै सांसदहरुले कारबाहीको माग गरेका हुन् ।

नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले अमूक दलको सल्लाहकार भएर गभर्नरले आम जनतालाई आतंकित पार्ने काम गरेको बताए । अधिकारीको कारण व्यवसायीक क्षेत्र हतोत्साहित मात्रै हो बन्द नै हुने अवस्थामा समेत पुगेको विश्वकर्माको भनाई छ ।

“अर्थतन्त्रको मुख्य जिम्मेवारी लिएको गभर्नर आफैंले मुलुक श्रीलंका तर्फ जाँदैछ, कुनै दिन गइहाल्छ भन्दै हुनुहुन्छ”, सांसद विश्वकर्माले भनेका छन्, “गभर्नर जस्तो जिम्मेवार व्यक्तिले कुनै एउटा पार्टीको सल्लाहकार भएर सार्वजनिक कार्यक्रमहरुमार्फत देश टाट पल्टिन्छ भनेर रियलस्टेट कारोबारीलाई निषेध गर्ने, निजी क्षेत्रलाई हतोत्साहित गर्ने, शेयर मार्केटका लाखौं लाख मानिसलाई हतोत्साहित गरेर अत्याउने काम गर्नुभएको छ ।”

सांसद विश्वकर्माले मुलुकलाई आतंकित बनाउने गभर्नरमाथि कारबाही गर्नुपर्ने माग गरे । “उहाँले जे–जसरी आतंक सिर्जना गर्नुभएको छ, यदि यो बन्द गरिएन भने जनताले सडकमा उत्रिएर विरोध गनुपर्छ, सरकारले कारबाही गर्नुपर्छ”, उनले भनेका छन् ।

भूकम्पको बेलामा भूकम्प गयो भनेर तर्साउनेलाई सरकारले कारबाही गरेको दृष्टान्त पेश गर्दै उनले अहिले अर्थतन्त्रको नेतृत्वमा बसेर आम व्यवसायीलाई आतंकित पार्नेलाई छुट नहुने बताए । उनले यस्तो गतिविधि नगर्न सभामुखमार्फत रुलिङ्ग गर्न लगाउनुपर्ने पनि माग गरेका छन् ।

“नेतृत्वमा बस्नेले समस्याको समाधान खोज्ने हो, आतंक सिर्जना गर्ने होइन, आतंक सिर्जना गराउने गभर्नरमाथि सभामुखले रुलिङ्ग गर्नुपर्छ ।

माओवादी सांसद रेखा शर्माले गभर्नरको अर्थतन्त्रमाथि नियोजित ढंगले प्रहार भइरहेको बताउँदै गभर्नर अधिकारीमाथि गम्भीर ढंगले छानविन गर्न माग गरिन् । उनले गभर्नर अधिकारी एमालेको केन्द्रीय विभागमा रहेको तथ्य बाहिरिएको तत्काल छानबिनको माग गरिन् ।

बुधबारको संसद बैठकमा बोल्ने अन्य सांसदहरुले पनि गभर्नर अधिकारीमाथि छानबिन गर्न माग गरेका थिए । गभर्नर एमालेको केन्द्रीय विभागमा रहेको तथ्य बाहिरिएको भन्दै सांसदहरुले उनीमाथि कानूनी हिसाबले उनी पदमा बस्न नमिल्ने बताएका छन् ।

सम्बन्धित समाचार

महाप्रसाद राष्ट्र बैंकका गभर्नर हुन् कि एमालेका नेता ?

महाप्रसादमाथि छानबिन गर्न संसदमा उठ्यो माग

वि.सं.२०७९ असार २९ बुधवार १३:१३ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...