back
CTIZAN AD

महाप्रसादमाथि छानबिन गर्न संसदमा उठ्यो माग

वि.सं.२०७९ असार २९ बुधवार

948 

shares

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न सांसदहरुले माग गरेका छन् । प्रमुख प्रतिपक्षी एमालेको अर्थ विभागमा नियुक्त भएको तथ्य सार्वजनिक भएसँगै सांसदहरुले उनीमाथि छानबिन गर्न माग गरेका हुन् ।

सांसद रेखा शर्माले गभर्नर अधिकारी एमालेको अर्थ विभागमा रहेको तथ्य सार्वजनिक भइसकेको भन्दै तत्काल छानबिन गरि कारबाही गर्न माग गरिन् ।

“देशको अर्थतन्त्र बिग्रँदो अवस्थामा छ भन्ने चर्चा भइरहेको छ, राष्ट्र बैंक जस्तो गरिमामय संस्था सम्हाल्ने प्रमुख व्यक्ति गर्भनर महाप्रसाद अधिकारी कुनैपनि राजनीतिक दलमा आवद्ध हुन नपाउने राष्ट्र बैंक ऐन र कर्मचारी नियमावली विपरित नेकपा एमालेको अन्तरपार्टी निर्देशनमा योजना तथा अर्थ विभागका सदस्य जुन एम अधिकारी खोटाङ भनेर नाम आएको छ”, सांसद शर्माले भनिन्, “ति एम अधिकारी राष्ट्र बैंकका गभर्नर हुन् भन्ने विषयले पनि ठूलै चर्चा पाएको छ ।”

अर्की सांसद अन्जना विशंखेले एम अधिकारी महाप्रसाद नै भएको तथ्य बाहिर आएको भन्दै तत्काल छानबिन गरि कारबाहीको माग गरिन् । “एमालेको अर्थ विभागमा नियुक्त भएका एम अधिकारी महाप्रसाद अधिकारी नै भएको तथ्य सार्वजनिक भइसकेको छ, खोटाङका एमालेकै नेताहरुले सो विषयको पुष्टी गरेका छन्”, सांसद विशंखेले भनिन्, “राष्ट्र बैंकको ऐन र बैंकको कर्मचारी नियमावलीअनुसार उहाँ पदमा रहन अयोग्य हुनुहुन्छ, तत्काल उहाँमाथि छानबिन गरि कारबाही होस् ।”

त्यस्तै, सांसद अमृता थापाले पनि एमालेको विभागमा रहेको तथ्य बाहिर आइसकेको भन्दै गभर्नरमाथि छानबिन गर्नुपर्ने माग गरिन् । अर्थतन्त्र संकटमा पर्नुका पछाडि कतिपयका इन्टेष्टहरु जोडिएको भन्दै उनले सरकारले अबिलम्ब छानबिन सुरु गर्नुपर्ने बताइन् ।

कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले पनि एम अधिकारी र महाप्रसाद अधिकारीबारे प्रश्नहरु उठिरहेका भन्दै व्यंग्यात्मक शैलीमा मौद्रिक नीतिबारे सुझाब दिएका छन् । उनले आफुँले एमालेको अर्थ विभागका एम अधिकारीलाई नचिन्ने पनि बताए ।

सम्बन्धित समाचार

महाप्रसाद राष्ट्र बैंकका गभर्नर हुन् कि एमालेका नेता ?

वि.सं.२०७९ असार २९ बुधवार १२:०६ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...