back
CTIZAN AD

कार्यालयद्धारा क्यान्सर पीडितलाई यातायात खर्च प्रदान

वि.सं.२०७९ असार २९ बुधवार

759 

shares

कर्णाली । जनस्वास्थ्य कार्यालय सुर्खेतले चालु आर्थिक वर्षमा जिल्लाका ११० जना क्यान्सर पीडितलाई यातायात खर्च प्रदान गरेको छ । क्यान्सरको उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता रहेकाले कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा प्रतिव्यक्ति रु १० हजारका दरले यातायात खर्च उपलब्ध गराएको जनाएको छ ।

कार्यालय प्रमुख गणेशभक्त गौतमले जिल्लामा क्यान्सरको उपचार नहुने हुँदा पीडितलाई आर्थिक सहयोग पुगोस् भन्ने उद्देश्यले यातायात खर्च प्रदान गरिएको जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा उक्त शीर्षकमा रु ११ लाख खर्च भएको छ । “आर्थिक अवस्था न्यून भएकाले यातायात खर्च दिने गरिएको छ, अति विपन्न जो पटक–पटक उपचारमा जानुपर्ने हुन्छ त्यस्ता बिरामीलाई दो¥याएर दिएका छौँ”, उनले भने, “क्यान्सरको उपचारमा लाखौँ खर्च हुने हुँदा कम्तीमा बाटो खर्च उपलब्ध गराउँदा बिरामीलाई धेरै राहत हुन्छ ।”

जनस्वास्थ्य कार्यालयले क्षयरोगका बिरामीहरुलाई पनि पोषण तथा यातायात खर्च उपलब्ध गराउँदै आएको छ । प्रतिव्यक्ति मासिक रु ५०० का दरले छ महिनासम्म उक्त खर्च प्रदान गरेको छ । क्षयरोगका बिरामीलाई पोषण तथा यातायात खर्चबापत रु दुई लाख वितरण गरिएको छ । कार्यालयले आमा सुरक्षा कार्यक्रमअन्तर्गत आकस्मिक अवस्थाका गर्भवती तथा सुत्केरीलाई एम्बुलेन्समार्फत अस्पताल पु¥याउने, आर्थिक सहायता प्रदानका कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको थियो ।

 

वि.सं.२०७९ असार २९ बुधवार १३:१९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...