प्रेम परियार, नर्वे । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) नर्वे र नेपाली दूतावास डेनमार्कको सहकार्यमा ओस्लोमा आयोजित दूतावासको पहिलो घुम्ती सेवा सम्पन्न भएको छ ।
सो अवसरमा दूतावासका तृतीय सचिब केशब राज पन्थीले दूतावासको सेवा प्रदान गरेका थिए भने घुम्ती सेवाको संयोजन कार्यवाहक राजदूत तिर्थ अर्यालले गरेका थिए ।
उक्त सेवा प्रवाहलाई सहज बनाउन एनआरएनए नर्वेका अध्यक्ष जीवन बहादुर शाही, उपाध्यक्ष राजन अधिकारी, सचिब बिजय काफ्ले, सदस्यहरु उमेश गुप्ता, गणेश सुनार लगायत सिंगो कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गरेका थिए ।
त्यस्तै अन्य स्वयंसेवीहरुमा नेश्को नर्वेका अध्यक्ष भुवन पौडेल, नयन अधिकारी तथा व्यस्थापन सहयोगीमा देव लामा, युवराज भण्डारी र डा.प्रलय रिजाल रहेका थिए । साथै सूचना तथा संचारमा प्रवक्ता अनुश खड्का रहेका थिए ।
उक्त घुम्ती सेवाबाट विधुतीय राहदानी आवेदन, नेपाल सरकारले जारी गर्ने एनआरएन आइडी कार्ड र भिसा गरि ६२ जनाले सेवा लिएका थिए ।
यसै क्रममा अन्य २० जनाले दूतावासको तर्फबाट आधिकारिक सूचना एवं जानकारी लिएका थिए । घुम्ती सेवाको लागि तोकिएको समय कम र छिटफुट प्राबिधिक समस्याका भएपनि पहिलो दिनमा मध्यरातसम्म र दोश्रो दिनमा दिनभरी नै सेवा प्रदान गरिएको थियो ।
एनआरएनए नर्वेको व्यबस्थापनले सेवा प्रवाहमा अत्यन्तै सहजता भएको भन्दै दूतावासका तृतीय सचिब केशब राज पन्थीले प्रसंसा गरेका थिए भने एनआरएनए नर्वेका महासचिव बिष्णु गौतमले थप उर्जा मिलेको संघले बताएका छन् । साथै संघले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन एनआरएनए नर्वे प्रतिवद्ध रहेको जनाएका छन् ।

वि.सं.२०७९ असार २९ बुधवार १३:४१ मा प्रकाशित






























