Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

पूर्वगभर्नर क्षेत्रीको आशंका : महाप्रसादलाई एमालेले फसाएको त होइन ?



गभर्नर महाप्रसाद अधिकारी निकै नैकित संकटमा फसेका छन् । एकातिर एमालेमा आबद्धता भएको विषय र अर्कोतिर गभर्नर पदमा शैक्षिकरूपमा अयोग्य भएको कुरा सार्वजनिक भएसँगै उनी संकट फसेका हुन् । विवादलाई लिएर उनलाई तत्कालै बर्खास्त गर्नुपर्ने माग पनि उठिरहेको छ । केहीले उनको योग्यतामाथि छानबिन गरी कारबाहीको दायरा ल्याउनुपर्ने पनि माग गरेका छन् ।

गभर्नर अधिकारीमाथि देखिएको विवाद र यसको निराकरणबारे संसार न्यूजका सन्देश अर्यालले पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीसँग समसामयिक कुराकानी गरेका छन् । गभर्नर अधिकारीमाथि देखिएको विवादबारे पूर्वगभर्नर क्षेत्रीसँग गरिएको कुराकानीको सम्पादित अंश :

गर्भनर महाप्रसाद अधिकारी अहिले निकै चर्चा र विवादको घेरामा परेका छन् । तपाईँ पनि गभर्नर भइसक्नु भएको व्यक्ति, अधिकारीमाथि उठेको प्रश्नलाई कसरी लिनुभएको छ ?

उहाँ अहिले मात्रै होइन, यसभन्दा अघि पनि चर्चा र विवादको घेरामा पर्नुभएको थियो । अहिलेको विषय अघिल्लो विवादभन्दा मलाई सामान्य नै हो भन्ने लाग्छ । तथापी अहिलेको विषयले उहाँलाई निकै नैतिक संकटमा भने पुर्‍याएको छ ।

एकातिर शैक्षिक योग्यताको विषय र अर्कोतिर राजनीतिक संलग्नताको विषय आएको छ । अधिकारी तपाईँकै सहकर्मी पनि हो । उठेका प्रश्न खास के हुन् भन्ने लाग्छन् ?

शैक्षिक योग्यताको विषयमा त उहाँ दुई/तीन वटा राम्रो–राम्रो ओहोदामा बसिसक्नु भएको छ । त्यसकारण तत्कालिन समय कसरी नियुक्त हुनुभयो, त्यही आधारलाई नै हेरौं । अर्कोतिर राजनीतिक संलग्नताको विषयमा मसँगै रहँदा त्यति खुलेको थाहा पाइन । म नेतृत्वमा रहेको हिसाबले उहाँलाई लाए अराएको काम उहाँले निकै इमानदारीतापूर्वक गरेको मलाई सम्झना छ । अब अहिले जे–जसरी विषय आएका छन्, यसबाट भने म आफैं आश्चर्यमा छु ।

स्याल कराउने र बाख्रो हराउने एकै पटक परेको छ । उहाँको विषयमा विवादहरु चलिरहेकै बखत एमालेले “हाम्रा अर्थसमितिका महारथी यी हुन्” भनेर सार्वजनिक गरिदियो । नेतृत्व वृत्तले “खाल्डामा हालिदिउँ” भनेर विवादमा फसाएको पो हो कि भन्ने आशंका छ । मलाई पनि उहाँ विवादमा परेदेखि नै एमाले नेतृत्वप्रति निकै आशंका लागिरहेको छ ।

यहाँलाई स्पष्ट पारौं, उहाँको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा दायर भएको रिट अझै पनि विचाराधिन अवस्थामा छ । अर्थमन्त्रालयलाई उहाँले बुझाएको व्यक्तिगत विवरण (बायोडाटा)मा उहाँ राष्ट्र बैंकको ऐनअनुसार नियुक्त हुन नै अयोग्य हुनुहुन्छ । यसलाई सामान्य मान्न मिल्ला र ?

क, ख, ग, घ भनेर औपचारिक नपढेका मान्छेले पिएचडी होल्डरलाई गाईड गरिरहेको अवस्था पनि छ । उहाँ न्यूनतम शैक्षिक योग्यता पुर्‍याएरै राष्ट्र बैंकमा प्रवेश गर्नुभयो र बढुवा हुँदै जानु भएको हो । डेपुटी गर्भनरको पद बाहिरबाट आउने होइन, त्यहिँबाट बढुवा हुँदै पद हो । अर्कोतर्फ, डेपुटी गभर्नर भइसकेपछि त्यही योग्यतालाई गभर्नर हुने बाटोको रुपमा पनि लिन मिल्छ । तपाईँले भने जस्तै यो स्पष्ट हो कि, उहाँमाथि शैक्षिक योग्यताको विषयमा अदालतमा मुद्दा विचाराधिन छ । उहाँका जस्तै हजारौं मुद्दा अदालतमा छन् । यहाँ अदालतमा मुद्दा पर्दैमा दोषी बन्ने भन्ने भने होइन।

अर्थमन्त्रालयमा उहाँले बुझाएको शैक्षिक योग्यताको विवरणलाई हेर्दा त, उहाँ योग्य भएको देखिन्न त !

उहाँको योग्यतामाथि प्रश्न उठाउँदै मुद्दा परेको छ । यो साँचो हो । तर, मलाई लाग्छ, उहाँले योबीचमा स्नातकोत्तर उत्तिर्ण गरिसक्नुभएको छ । सम्भवतः डेपुटी गभर्नर हुँदाखेरि नै उहाँले उत्तिर्ण गर्नु भएको हुनसक्छ ।

कतिपयले अधिकारीलाई एमालेले दुरुपयोग गरेको भन्ने पनि गरेका छन् । कतिपय सञ्चारमाध्यमले आफ्नो नाम राखेको प्रति अधिकारीले आपत्ति जनाएको पनि बताएका छन् । के दुरुपयोग त होइन ?

एम. अधिकारीको चर्चा हुँदै गर्दा, उहाँले एउटा ट्विटरमा “म त्यो व्यक्ति होइन, जानकारी दिनुभएकोमा धन्यवाद !” भनेर जवाफ फर्काउनुभएको छ । अर्कोतिर जुन समितिमा उहाँ हुनुहुन्छ, त्यो समितिको सभापति घनश्याम भुसाल जीले एम. अधिकारी भनेको गभर्नर होइन भनेर पनि भन्नुभएको छ । तर, एम को हो भनेर उहाँले भन्नुभएको छैन । त्यसकारण यो सोधखोज गर्नुपर्ने विषय भने बनेको पक्कै छ ।

अर्कोतिर मेरो नामको दुरुपयोग भयो भनेर उहाँले एमालेसँग गुनासो गरेको पनि केही मिडियाले जनाएका छन् । यदि उहाँले गुनासो गरेको साँचो हो भने, उहाँ दुरुपयोगमा भने परेको हुनसक्छ । “यो मान्छेबाट लिने फाइदा अब केही छैन” भन्ने भएपछि नेतृत्व वृत्तले “खाल्डामा हालिदिउँ” भनेर विवादमा फसाएको पो हो कि भन्ने शंका छ । मलाई पनि उहाँ विवादमा परेदेखि नै राजनीतिक नेतृत्वप्रति निकै आशंका लागिरहेको छ । विशेषतः शहरतिर दुध दिने समयसम्म दिन लिने दुध दिन छाडेपछि सडकमा लगेर गाई छोड्ने चलन पनि देखिन्छ । यस्तो दुरुपयोग नपर्ने भन्ने पनि हुन्न ।

तथापी,०७३ मा जारी भएको एमालेको व्यक्तव्य र अहिलेको अन्तरपार्टी निर्देशनलाई हेर्दा उहाँ आफैं राजीखुसीले संलग्न भएको पनि हुनसक्ने आशंका गर्न सकिन्छ ।

अख्तियार छिराएर बैंकिङ क्षेत्रलाई निष्कृय बनाउन खोजिँदैछः पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्री « Clickmandu

विषयवस्तु निकै गम्भीर ढंगले उठिसकेको हुनाले र यसको निष्कर्ष निकाल्नुपर्ने पनि हुन्छ । मेरो विचारमा सरकारले उचित कदम भने चाल्नुपर्ने आवश्यकता छ । मौद्रिक नीति मुखमुखमा आएको हुनाले पनि यो विषयका निष्कर्ष छिट्टै निकाल्न आवश्यक छ ।

अहिले अधिकारीमाथि जे–जस्तो विवाद आएको छ, राष्ट्र बैंक ऐन र कर्मचारी विनियमावली आर्कषित भएको देखिन्छ । तपाईँको विचारमा राजनीतिमा जोडिएको व्यक्ति राष्ट्र बैंकको नेतृत्वमा हुनै नहुने हुन्छ र ?

राष्ट्र बैंक ऐनले प्रष्ट पारेको छ, गभर्नर राजनीतिमा सक्रिय हुन पाइँदैन । त्यति भनेपछि उहाँ सक्रिय हुनुहुन्छ भने त स्वभाविक कानूनी संकट आउँछ ।

अर्कोतिर विभिन्न दलका राजनीतिक दर्शन फरक–फरक हुन्छन् । नीति निर्माण तथा कार्यान्वयन गर्नेे ठाउँमा बस्दा, राजनीतिमा जोडिएका र नजोडिएका व्यक्तिको अन्तर पक्कै हुन्छ । सँगै राजनीतिक आग्रह देखियो भने निकै समस्या हुन्छ ।

अहिलेको विवादप्रति न एमालेले उचित खण्डन गर्न सकेको छ, नत अधिकारी स्वयम्ले । यस्तो अवस्थामा के लाग्छ, महाप्रसाद अधिकारीले पदबाट राजीनामा दिनु नै उत्तम विकल्प हो ?

स्याल कराउने र बाख्रो हराउने एकै पटक परेको छ । उहाँको विषयमा विवादहरु पहिल्यैदेखि आइरहेको र यहीबीच एमालेले हाम्रा अर्थसमितिका महारथी यी हुन् भनेर सार्वजनिक गरिदियो । अधिकारी भन्ने त धेरै होलान् तर, जसरी उहाँको नाम जोडिएको छ यो विषय गम्भीर छ । विषयवस्तु निकै गम्भीर ढंगले उठिसकेको हुनाले र यसको निष्कर्ष निकाल्नुपर्ने पनि हुन्छ । मेरो विचारमा सरकारले उचित कदम भने चाल्नुपर्ने आवश्यकता छ । मौद्रिक नीति मुखमुखमा आएको हुनाले पनि यो विषयका निष्कर्ष छिट्टै निकाल्न आवश्यक छ ।

अन्तिममा, उहाँको पछिल्ला अभिव्यक्तिप्रति धेरैले प्रश्न उठाएका छन् । “अर्थतन्त्र संकटमा पुगिसक्यो” भनेर उहाँले जे–जस्तो अभिव्यक्ति दिनुभएको छ, यसलाई कसरी हेर्ने ?

वस्तुगत तथ्यलाई आधार नमानी जे पनि भन्यो भने समग्र अर्थतन्त्र नै शेयर बजारजस्तो बन्न जान्छ । उहाँ अर्थतन्त्रको मुख्य जिम्मेवारीमा रहेको व्यक्ति भएको हिसाबले उहाँको अभिव्यक्ति निकै जिम्मेवार ढंगले आउन आवश्यक हुन्छ । जे–जसरी विषय बाहिर आएका छन्, त्यसको तथ्य उहाँलाई नै थाहा होला तर, जसरी उहाँको अभिव्यक्तिलाई लिएर संसद र बाहिर चर्चा गरिएको छ यो भने सुखद छैन । संवेदनशील कुरामा गैरजिम्मेवार अभिव्यक्तिले समग्र अर्थतन्त्र संकटमा पुर्‍याउन पनि सक्छ ।

सम्बन्धित समाचार

महाप्रसाद राष्ट्र बैंकका गभर्नर हुन् कि एमालेका नेता ?

गभर्नर हुन शैक्षिकरूपमा पनि महाप्रसाद अयोग्य

महाप्रसादलाई तत्काल बर्खास्त गर


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आगामी चुनावमा तालमेल गरेर अघि बढ्ने सहमति गरेपनि पाँच दलीय सत्ता गठबन्धनमा

काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी)ले सञ्‍चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५ः३०

बैतडी । बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको