back
CTIZAN AD

अमेरिकामा रहेकी अर्यालको करौडौ मूल्य पर्ने जग्गा थाहै नदिइ विक्रि गर्नेलाई ६ वर्ष जेल सजाय

वि.सं.२०७९ असार ३० बिहीवार

1.2K 

shares

नानीमैया कटवाल, सप्तरी । जग्गाधनीलाई जानकारी नै नदिइ जग्गा बिक्री गर्ने कर्मचारीसहित पाँच जनालाई कैद सजाय भएको छ ।राजविराज नगरपालिका–७ को करोडौँ मूल्य पर्ने तीन कठ्ठा नौ धुर जग्गा कीर्ते गरी बिक्री गर्ने कार्यमा सलंग्न मालपोत कार्यालय सप्तरीका नायबसुब्बा राजविराज –५ निवासी सीताराम चौधरी र कार्यालय सहायक राजविराज–९ का हरिनारायण शर्मालाई बुधबार जनही छ वर्ष कैद सजाय भएको छ ।

कीर्ते गरेकामा एक वर्ष, कर्मचारी भएकाले थप दुई वर्ष तथा ठगी गरेकामा तीन वर्ष गरी छ वर्ष कैद सजाय भएको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिए । अर्का कर्मचारी सुनसरी दुहबी–४ का उद्धव खतिवडाको कारागारमै मृत्यु भएकाले उनको हकमा मुद्दा खारेज भएको छ । कीर्ते जालसाजी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका ५८ वर्षीय नायबसुब्बा खतिवडाको २०७८ पुस २ गते मृत्यु भएको थियो । उनी २०७५ साउनदेखि नै पुर्पक्षका लागि राजविराज कारागारमा थुनिएका थिए ।

खतिवडासँगै थुनामा रहेका चौधरी र अर्का कर्मचारी हरिनारायण शर्माको कैद अवधि अझै दुई वर्ष बाँकी छ । फरार रहेका शर्मा अदालतमा हाजिर भएपछि २०७५ कात्तिक १३ गतेदेखि थुनामा छन् । करारका कर्मचारी शर्मा श्रेस्तामा कैफियत लेखी फोटो टाँसेर फाँटवालामा पेश गर्ने गर्दथे ।

यसैगरी जग्गा खरिद बिक्रीमा संलग्न राजविराज–७ गजेन्द्र चोककी देवरानीदेवी दास र डाक्नेश्वरी नगरपालिका–८ घर भई हाल राजविराज–७ मा घर बनाइ बसेकी घुरनीदेवी साहलाई चार वर्ष कैद सजाय भएको छ । दास र साहलाई कीर्ते गरेकामा एक वर्ष र ठगी गरेकामा तीन वर्ष गरी चार वर्ष कैद सजाय भएको अदालतले जनाएको छ ।

प्रहरीद्वारा २०७५ असार ३२ गते पक्राउ परेकी दास २०७५ साउन १७ गते रु १५ लाख पाँच हजार धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएकी थिइन् । घुरनीदेवी भने २०७५ पुस ३० गते रु साढे सात लाख धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएकी थिइन् ।

यस्तै २०७५ असार १९ गते पक्राउ परी साउन १७ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका राजविराज–११ का ७८ वर्षीय फुदन साहको कैद सजाय अवधि चार वर्ष पूरा भएको छ । कैद सजाय भुक्तान भएकाले उनी रिहा भएका छन् । उनका छोरा शङ्कर साह तेली र शर्माका नातेदार उपेन्द्र शर्मा फरार रहेका छन् ।

उनीहरूले राजविराज नगरपालिका–७ की ६९ वर्षीया उषा अर्यालको करोडौँ मूल्य पर्ने तीन कठ्ठा नौ धुर जग्गा बिक्री गरेका थिए । अमेरिकामा रहेकी अर्याललाई थाहै नदिई एक महिनामा दुईपटक उनको जग्गा बिक्री भइसकेको थियो । उनले आफ्नो जग्गा खोजी गर्दा अर्कैको नाममा पुगिसकेको चाल पाएपछि न्यायका लागि प्रहरीसमक्ष पुगेकी थिइन् । कीर्ते गरी आफ्नो नाममा जग्गा ल्याई बिक्री गर्ने फुदन साह र खरिद गर्ने देवरानी दासलाई प्रहरीले पक्राउ गरेसँगै कर्मचारीसहितको संलग्नताको रहस्य खुलेको हो । रासस

वि.सं.२०७९ असार ३० बिहीवार १४:५६ मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...