back
CTIZAN AD

जगदीशपुरले नागरिकको जीवनशैली बदल्छ : मुख्यमन्त्री केसी

वि.सं.२०७९ असार ३२ शनिवार

708 

shares

चन्द्रौटा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कपिलवस्तुको जगदीशपुर तालले यहाँका नागरिकको जीवनशैली बदल्ने बताएका छन् । आज आयोजित ‘बर्ड स्याङ्चुरी’ घोषणा कार्यक्रममा उनले जगदीशपुरमा पाहुना चरासँगै मानिसलाई पनि ल्याउनुपर्ने र यहाँका नागरिकको जीवनमा परिवर्तन आउने बताए । मुख्यमन्त्री केसीले पाहुना चरालाई बासस्थानसँगै चरालाई यहाँ बसौँबसौँ लाग्ने र प्राकृतिक सौन्दर्यता हुने गरी काम गर्नुपर्ने बताए ।

उनले विसं २०२८ मा स्थानीय नागरिकरूको सिँचाइका लागि निर्माण गरेको तालमा अहिले विश्वव्यापीरूपमा रहेका चराको बासस्थान बन्न सफल भएको स्मरण गराए । मुख्यमन्त्री केसीले प्रदेशले बर्ड स्याङ्चुरीको कार्यविधि निर्माण गरिएकाले अब निरन्तर तालको विकास गर्ने बताए । उनले ताललाई जीवनशैलीसँग जोडेर यहाँका नागरिक आत्मनिर्भर बन्न सक्ने जिकिर गरे ।

“ताल क्षेत्रमा सौन्दर्यकरण गरेर पर्यटक आउँदा यस्तो भएछ भनेर चर्चा हुने गरी काम हुने छ”, मुख्यमन्त्री केसीले भने, “कुन चरालाई कुन वनस्पति मन पर्छ त्यही वनस्पति लगाएर विश्वका थप चरा आउने गरी विकास गर्नेछौँ ।” उनले लुम्बिनी आउने पर्यटकलाई जगदीशपुर ल्याई घुमाउने वातावरण सिर्जना गरिने बताए । देशकै ठूलो सम्पदाका रूपमा जगदीशपुर ताललाई हेर्न सकिने भएकाले यहाँका नागरिकले पाहुनाघर, घरबास, होटल निर्माण गरी आयआर्जनसँग जोडिन सक्ने मुख्यमन्त्री केसीले बताए ।

फरक प्रसङ्गमा मुख्यमन्त्री केसीले पछिल्लो समयमा केही मान्छेहरूले सङ्घीयता चाहिँदैन भनी भ्रम फैलाएको बताए । उनले लाखौँ जनताका कारणले सङ्घीयता आएकाले यो व्यवस्थाका विरुद्ध ठूलै शक्ति लागिपरेको जिकिर गरे ।

 

वि.सं.२०७९ असार ३२ शनिवार १८:३९ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...