काठमाडौं । अदर्श लघुवित्त वीत्तीय कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको २ लाख ७ हजार कित्ता शेयर आज सोमबार नेप्सेमा सुचीकृत भएको हो ।
कम्पनीको शेयर सुचीकृत भएसँगै मंगलबारदेखि कम्पनीको शेयर कारोबार गर्न सकिने छ । कम्पनीको पहिलो कारोबारको लागि १२२.८८ रुपैयाँदेखि ३६८.६४ रुपैयाँसम्मको रेन्ज नेप्सेले तोकेको छ । यस रेन्जको बीचमा रहेको जुन सुकै मुल्यबाट पहिलो कारोबार गर्न सकिने छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । मंगलबारको स्पेसल पी ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । कम्पनीको ब्म्ीद्य सिम्बलबाट कारोबार हुने छ ।
कम्पनीले असार १ गतेदेखि असार ५ गते सम्म ६७ लाख बराबरको जम्मा ६७ हजार कित्ता शेयर सर्वसाधारणको निमित्त निष्काशन गरेको हो । जस मध्ये १ हजार ३५ कित्ता कम्पनीको कर्मचारीको लागि सुरक्षित गरिएको थियो, भने ३ हजार ३ सय ५० कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकी रहेको ६२ हजार ६ सय १५ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन् ।
वि.सं.२०७९ साउन २ सोमवार १४:५४ मा प्रकाशित



























