फ्रान्स । गोरखाली समाज फ्रान्सको अध्यक्षमा रामेश्वर श्रेष्ठ निर्वाचित भएका छन् ।
फ्रान्सको पेरिस शहरको पूर्वी सिमानामा जोडिएको पँता शहरमा रहेको बिशाल पार्कमा जुलाई १० का दिन गोरखा समाजको महाधिवेशन निर्बाचन/भेटघाट तथा बार्बेक्यु कार्यक्रम सम्पन्न भएको छ ।
फ्रान्समा भएका बिभिन्न नेपाली संघसंस्थासंग सहकार्य गर्दै आइरहेको समाजले जन्मभूमिको माया र सद्भाव अनि अटुट सम्बन्ध कायम गर्दै बिभिन्न किसिमका आर्थिक सहयोग गर्दै आएको पनि छ ।
कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदूत दिपक अधिकारी र उनकी श्रीमती सिता अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने फ्रान्सका अधिकांश संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष सुरेन्द्र काप्रीको सभापतित्व, महासचिब राजेन्द्रबाबु श्रेष्ठको संचालन रहेको उक्त कार्यक्रममा विभिन्न मनोरन्जनात्मक कार्यक्रम समेत गरिएको थियो ।
उक्त कार्यक्रममा समाजका महासचिव श्रेष्ठले संस्थाको कार्य विवरणको प्रतिबेदन र कोषाध्यक्ष श्रीमती नानु देबकोटाले आर्थिक प्रतिबेदन पेश गरेका थिए ।
कार्यक्रमको दोश्रो चरणमा निर्वाचन उपसमितिका संयोजक, अभिभाबक एब साहित्यकार हरिहर अर्यालले सर्वसम्मतिमा १७ सदस्यीय कार्यसमिति चयन भएको घोषणा गरेका थिए ।

त्यसैगरी कार्यक्रममा समाजका सल्हाकार एब एकता समाज फ्रान्सका पूर्वअध्यक्ष शुक बहादुर गुरुङ तथा अर्का सल्हाकार, एनआरएनए फ्रान्सका पूर्वअध्यक्ष्य, इन्जिनीयर निर्मल अर्यालले निबर्तमान कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई कदर पत्र प्रदान गर्दै निर्वतमान कार्यसमितिले गरेका ऐतिहासिक कामको प्रसंसा गरेका थिए ।
उक्त भेलाले रामेश्वर श्रेष्ठको अध्यक्ष्यतामा नयाँ कार्यसमितिको चयन गरेको हो । जसको महिला उपाध्यक्षमा नानु देबकोटा रउपाध्यक्ष सुजन राज भट्ट, महासचिबमा धन कुमारी घले, सचिबमा रंजित भट्ट, कोषाध्यक्ष्यमा कुल तामांग, सहकोषाध्यक्षमा बार्ता कुमारी गुरुङ र सदस्यहरुमा रबिना सिम्खडा, सन्जिब देवकोटा, होम बहादुर थापा (अर्जुन थापा), सुदिप दवाडी, सुजन बानियाँ,् जीवन आले मगर, मन कुमारी घले, मिक्का गुरुङ (मुक्ति), बिर बहादुर गुरुङ र सम्झना भट्ट रहेका छन् ।

नबनिर्वाचित समितिका पदाधिकारीहरुलाई राजदुत अधिकारी र निर्वाचन उपसमितिका संयोजक अर्यालले प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा राजदूत अधिकारीले समाज स्थापनाको उद्धेश्य प्राप्तिको लागि नबनिर्बाचित अध्यक्ष श्रेष्ठ लगायत कार्यसमितिका सम्पूर्णमा बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सबैको ठूलो बिस्वास र भरोसाले आफुलाई अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित गरेकोमा सबैप्रति आभार व्यक्त गर्दै गोरखाली समाजको उद्धेश्य प्राप्तिका लागि दिलोज्यानले लागिपर्ने प्रतिवद्धता जनाएका थिए ।
उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघका बरिष्ठ उपाध्यक्ष शिबराम भण्डारी, पाकोफोन फ्रान्सका कोषाध्यक्ष बिरु खड्का, सांस्कृतिक गृहका अध्यक्ष सुरज श्रेष्ठ, उपाध्यक्ष हेमन्त उपाध्याय, इनास फ्रान्सका अध्यक्ष प्रबिन सापकोटा, बरिष्ठ उपाध्यक्ष जगत खड्का, INALCO university का नेपाली प्राध्यापक डा. राजेश खतिवडा, जनसम्पर्क समितिका पूर्वमहामन्त्री कमल बिक्रम केसी, तामाङ गघेदुङ फ्रान्सका सल्लाहकार कुल ब तामाङ, मोना फ्रान्सका योगेश पुन, एकता समाज लगायतका संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
वि.सं.२०७९ साउन २ सोमवार १७:३६ मा प्रकाशित






























