काठमाडौं । एनआईसी एशिया बैंकले ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ श्रावण मसान्तसम्मका लागि निरन्तरता दिएको छ । बैंकले यसअघि गत असार १२ देखि असार मसान्तसम्मको लागि निक्षेपको १० गुणासम्म प्राप्त हुने सो योजना ल्याएको हो ।
बैंकले व्यक्तिगत, संस्थागत एवं रेमिटेन्स ग्राहकहरूलाई लक्षित गरेर ल्याएका यस योजनालाई यहि श्रावण मसान्तसम्मका लागि निरन्तरता दिने निर्णय गरेको जनाएकाे छ । बैंकले आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी आफ्ना निक्षेप योजनाहरूलाई सोही अनुरुप थप ग्राहकमैत्री एवं प्रभावकारी बनाउन यो योजनालाई निरन्तरता दिने निर्णय गरेको जनाएकाे छ ।

बैंकका अनुसार यस योजनामा निक्षेपकर्ताहरूले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुुसार दुई गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछ भने आफूले निक्षेप गरेको रकम र पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशत बराबर कर्जा समेत लिन सक्नेछ ।
बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।
वि.सं.२०७९ साउन २ सोमवार १७:२४ मा प्रकाशित





























