back
CTIZAN AD

देशले सामना गर्दै आएको उच्च प्रविधिको ‘जटील’ समस्यामाथि विजय हासिल गछौं–पुटिन

वि.सं.२०७९ साउन ३ मंगलवार

711 

shares

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार रूस–युक्रेन युद्धलाई लिएर पश्चिमी मुलुकहरूले लगाएको प्रतिबन्धको प्रारम्भका कारण देशले सामना गरिरहेको उच्च प्रविधिको ‘जटील’ समस्यामाथि विजय हासिल गर्ने बताएका छन् ।

रूसी प्रशासन केन्द्र, क्रेमलिन प्रमुखले देशको विकासलाई निषेध गर्न पश्चिमले उच्च प्रविधिका उत्पादनबाट रूसलाई कटौती गर्न प्रतिबन्ध लगाएको बताए । उनले एउटा सभामा सम्बोधन गर्दै भने “यो हाम्रो देशका लागि ठूलो चुनौती हो । “हामीले सामना गरिरहेका समस्याहरूको समग्र परिमाणलाई बुझेर हामीले सक्रियरूपमा नयाँ समाधान खोज्नेछौँ ।”

उनले भने, “रूसले घरेलु कम्पनीहरूको नयाँ आविष्कारका प्रविधि र उत्पादनहरूलाई प्रतिबन्धको सामना गर्ने उपकरणका रूपमा पनि प्रयोग गर्नेछ ।”

प्रतिबन्धको कारण अनलाइन रिटेलर ओजोन वा टेक्नोलोजी कम्पनी यान्डेक्सजस्ता धेरै द्रुत गतिमा बढ्दै गइरहेका रूसी कम्पनीहरूलाई पश्चिमी वित्त व्यवस्थापनबाट हटाइएको उनले बताए ।

त्यस्ता कम्पनीले घरमै आवश्यक वित्तीकरणलाई आकर्षित गर्न र आफ्नो विकासलाई निरन्तरता दिन सकियोस् भनेर रूसले छिट्टै विकल्पहरू सोच्नुपर्नेमा उनले जोड दिए ।

“म वित्त मन्त्रालय र बैंक अफ रसिया दुवैका विस्तृत प्रस्तावहरूको प्रतीक्षामा छु,” पुटिनले थपे ।

फेब्रुअरी २४ मा पुटिनले युक्रेनमा फौज पठाएपछि एप्पल, माइक्रोसफ्ट र इन्टेललगायत धेरै प्रमुख प्राविधिक कम्पनीहरूले रूसमा आफ्नो सेवा निलम्बन गरेका छन् । कतिपयले पूरै देशबाट बाहिरिएको घोषणा गरिसकेका छन् । एएफपी

वि.सं.२०७९ साउन ३ मंगलवार ०८:५५ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...