back
CTIZAN AD

थाइल्याण्डमा गम्भीर प्रकृतिका कोभिड–१९ सङ्क्रमण दरमा वृद्धि, मृत्यु हुनेको संख्या पुन : बढ्यो

वि.सं.२०७९ साउन ३ मंगलवार

699 

shares

बैंकक । थाइल्याण्डमा गम्भीर प्रकृतिका कोभिड–१९ सङ्क्रमण यससँग सम्बन्धित मृत्युको सङ्ख्या पुनः बढेको जनाइएको छ ।

देशमा भएको लामो बिदा र पछिल्लो समय कोभिडको अत्यधिक सङ्क्रामक ओमिक्रोन उप–प्रजातीको फैलिएका कारण भेन्टिलेटरमा रहेका अधिकांश जटील घटना र सङ्क्रमित व्यक्ति राजधानी बैंकक र छिमेकी प्रान्तहरूमा भेटिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा रोग नियन्त्रण विभागका महानिर्देशक ओपस कर्णाविन्पोङले बताएका हुन् ।

उनले भने, “गतहप्ता पत्ता लागेका अधिकांश नयाँ सङ्क्रमितहरू वृद्ध तथा दीर्घकालीन रोग लागेका मानिसलगायत उच्च जोखिम भएका समूहमध्ये थिए, जसमध्ये धेरैलाई खोप लगाइएको थिएन वा पूर्ण खोप लगाइएको थिएन ।”

“हालैका बिदाको क्रममा अन्तर–प्रान्तीय यात्रामा आएको अत्यधिक वृद्धिले गर्दा कोभिड–१९ सङ्क्रमणहरूको सङ्ख्यामा वृद्धि हुनु स्वभाविक होे र यसलाई नियन्त्रणमा राख्न थप निगरानीको आवश्यकता पर्दछ,” ओपसले भने ।

सम्भावित प्रकोपलाई फैलिन नदिन तयारीका लागि कोभिड–१९ का औषधि तथा चिकित्सा सामग्रीहरू खरिद गर्न थाई मन्त्री परिषद्ले सोमबार झन्डै ११ करोड अमेरिकी डलर छुट्याउने प्रस्ताव अनुमोदन गरेको छ ।

थाइल्याण्डले सोमबार थप एक हजार ८१४ जनामा कोभिड–१९ र १७ जना सङ्क्रमितको मृत्यु भएको पुष्टि गरेको छ ।सिन्ह्वा

वि.सं.२०७९ साउन ३ मंगलवार ०८:५८ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...